enepalpatra , १९४ पटक हेरिएको
विराटनगर, २६ कार्तिक । सुनसरीका दुई जना प्रहरीलाई आक्रमण गरेर हतियरा लुटपाट गर्ने गिरोहसहित पाँच जनाको समूहलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश भएको छ ।
मोरङ अदालतले शुक्रबार सुनसरी र मोरङमा श्रृंखलाबद्ध लुटपाट गर्ने पाँच जनाको समूहलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको हो ।
अदालतको आदेशपछि मोरङ बुढीगंगा गाउँपालिका ५ का वर्ष २४ का म।नजरूल मियाँ सोही ठाउँका ४० वर्षे रिजवान मियाँ, सुनसरी दुहवी नगरपालिका – १ बस्ने ३१ वर्षे मोहमद अलि मुरताजा मियाँ, ३० वर्षे नजरूल मियाँ र दुहवी नगरपालिका ६ का ४० वर्षे मो। आलमलाई पूर्पक्षको लागि थुनामा राख्न कारागार चलान गरेको मोरङ अदालतले जानकारी दियो ।
कारागार चलान भएका समूहले भदौ २ गतेदेखि २२ गतेसम्म मोरङ र सुनसरीमा श्रृंखलाबद्ध लुटपाट गरेका थिए । विशेष प्रहरी परिचान गरेर उनीहरुलाई भदौ २२ गते ७ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको मध्ये एक जना नाबलक रहेका थिए भने ३० वर्षिय सिजाम आलमलाई अदालतले एक लाख रुपैयाँ धरौटी तोकेको छ ।
प्रहरीले रिजवान मियाँ र नजरूल मियाको घरमा लुकाइछिपाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोल, प्रहरीबाट लुटिएको एक थान चाइनिज पेस्तोल, १६ थान मोवाइल सेट, १२ थान मेमोरीकार्ड, १ लाख ७५ हजार २७५ रुपैयाँ नेपाली नोट ११ हजार ६०० भारतीय नोट, दुई थान मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको थियो ।
प्रहरीले उनीहरुलाई डाँका चोरी र संगठित अपराध मुद्दा चलाएको थियो । जेल गएका समूहले सुनसरीमा डियुटिमा खटिएको प्रहरीको पेस्तोल र म्यागजिनबाट फायरिङ नभएपछि लुटेर समूहले आक्रमण गरेर उनीहरूको हतियार लुटेका थिए ।
सुनसरीको दक्षिण क्षेत्रमा चोरी तस्करी बढेपछि त्यस क्षेत्रमा सुरक्षाका लागि विशेष अप्रेसनमा प्रहरीहरु सादा पोशकमा खटिने गरेका थिए । सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । उनीहरुको साथबाट साढे १२ बजे बर्जु गाउँपालिका १ शुक्रबारेबाट कुटपिट गरी हातहतियार लुटेर लगेका थिए । प्रहरीले बोकेको हतियारबाट फायरिङ नभएपछि पेस्तोल र गोली लुटेर लगेका थिए ।
प्रकाशित मिति: २०२३-११-१२ , समय : ११:३०:१५ , १ वर्ष अगाडि