हाम्रो समाचारदाता , २३५ पटक हेरिएको
लेटाङ २४ असोज । लोखराराजारानी सडक कालोपत्रे गर्न लाई सडक सफा गर्ने क्रममा निस्किएको माटोको ब्यबस्थापनमा लेटाङ नगरपालिकाले चासो देखाएको छ ।
लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतिले मंगलबार सडक खन्डको अनुगमन गर्दै उक्त ठाउँ बाट निस्केको माटोलाई लेटाङ कानेपोखरी सडकको छेउमा सडक फराकिलो बनाउने कार्यमा लगाउने तयारी गरिएको श्रोतले बताएको छ ।
लेटाङ १ का वडा अध्यक्ष बिष्णु मगरका अनुसार उक्त ठाउँको माटो ब्यबस्थापनका लागि नगरपालिकाले तयारी गरिरहेको जानकारी दिनुभयो । लेटाङ कानेपोखरी सडकमा माटो लानका लागि ढुवानी ब्यबसायी संग छलफल चलिरहेको उहाँले बताउनुभयो ।
ईनेपालपत्र सहितका मिडियाको खबरदारी पश्चात् नगरपालिकाले कानेपोखरीमा स्टोक गर्ने कार्य बन्द भएको थियो ।
प्रकाशित मिति: २०२३-१०-११ , समय : २०:४२:१७ , १ वर्ष अगाडि