ईनेपालपत्र समाचारदाता , ३२४ पटक हेरिएको
लेटाङ, ९ भदौ। पहाडी ग्रामिण विकास संस्था उत्तरी मोरङ (हर्डन) को आयोजना तथा किण्डर मिशन वर्क जर्मनीको आर्थिक सहयोग र संस्थागत विकास सञ्जाल ललितपुरको साझेदारीमा आज मिति २०८०/०५/०९ गते “बाल विवाह न्युनिकरणको लागि सरोकारवालाहरु संग अन्त्तरक्रीया कार्यक्रम गरिएको छ ।
हर्डनका सचिब चन्द्र बहादुर राईको अध्यक्षता र लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख कृष्णराज राईले लेटाङमा बाल विवाहका अबस्था र कारणहरुबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नगर क्षेत्रका माध्यमिक बिद्यालयका प्र.अ./शिक्षक, सन्चारकर्मी, बाल क्लब/साथी शिक्षकलगायतको उपस्थिती रहेको कार्यक्रममा ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक भिमलाल ओलि, श्रीप्रसाद ढकाल, भोलानाथ पाण्डे,हरि प्रसाद धिमाल, फम कुमार मगर, देबराज सापकोटा, मेनुका आचार्यलगायतले बाल विवाह न्युनिकरणको लागि गर्न सकिने प्रयासबारे आफ्नो बिचार राख्नुभएको थियो ।
कार्यक्रममा मन्तब्य राख्नुहुदै नगर प्रमुख भुपेन्द्र कुमार लावतीले लेटाङमा खानपान, अशिक्षा र गरिबिको कारण बाल विवाह हुनेगरेको बताउनु भयो । प्रमुख लावतीले बाल विवाह न्युनिकरणको लागि लेटाङ नगरपालिकाले बाबुआमा नभएका बालबालिकाको लागि +2 सम्मको शिक्षा अनिबार्य गरेको तथा वडा नम्बर १,७ र ८ नम्बरका माथिल्लो क्षेत्रका बालिकाहरुको लागि १६ बर्षे बालिका शिक्षा बचत कार्यक्रम लागू गरेको बताउनु भयो ।
कार्यक्रममा परियोजना अन्तरगत “बाल विवाह न्युनिकरणमा बाल क्लबको भुमिका”बिषयक निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा नोबेल एकाडेमी लेटाङ ८ कि छात्रा गरिमा मगर प्रथम, लक्ष्मी मा.बि.लेटाङ २ का छात्र राजेश खड्का दोस्रो र शिक्षा बिकास मा.बि. लेटाङ ६ का आभाष मिश्रलाई तेस्रो पुरस्कार प्रदान गरिएको हो ।
“बाल विवाह अन्त्यको लागि हातेमालो गरौ,
बालमैत्री नगरपालिका घोषणा गर्न मद्दत गरौ”।
प्रकाशित मिति: २०२३-०८-२६ , समय : २०:५६:५७ , १ वर्ष अगाडि