ईनेपालपत्र , १९३ पटक हेरिएको
लेटाङ, ५ साउन । लागुपदार्थ दुब्यसनी फैलिएर समाजमा विकृती सृजना भएको भन्दै लेटाङमा यस सम्बन्धी जनचेतना फैल्याउन सुरु गरिएको छ । उज्यालो जीवन प्रतिष्ठान, अस्थायी प्रहरी चौकी जाँते लगायतका अन्य संस्थाहरुको सहकार्यमा सोमवार लेटाङ ८ जाँते माविका विद्यार्थीका विचमा लागुऔषधका विषयमा जनचेतना सहितको अन्तक्रिया गरिएको छ ।
नेदरल्याण्डका मनोचिकित्सक डा. लिन्डट द्धारा अनलाईन द्धारा सहजिकरण भएको कार्यक्रममा अस्थायी प्रहरी चौकी जाँतेका प्रमुख प्रहरी सहायक निरिक्षक रामकुमार कटुवाल, स्वास्थ्य कर्मी समेत रहनुभएका युवा समाजसेवी गिरिस कार्कीले सहजिकरण गर्नुभएको थियो ।
लेटाङका सचेत युवाहरु गिरिस कार्की (जुलु),रमेश चेम्जोङ, रेवत राई, दिप राई,निश्चल राई, विनोद लिम्बु, सन्दीप मोते लगायतको सक्रियतामा कार्यक्रम संचालन भएको हो ।
विद्यार्थीहरुमा लागुऔषध सम्बन्धी चेतना फैल्याउन सके प्रत्येक परिवारमा यस विषयको सन्देश प्रवाह हुने भएकाले विद्यालय केन्द्रीत कार्यक्रम गरिएको अभियान्ता कार्कीले जानकारी दिनुभयो । नोवेल एजुकेशन फाउन्डेसन, श्री मावि जाँते, र जाँते माविमा कार्यक्रम गरिएको कार्कीले जानकारी दिनुभयो ।
आगामी दिनमा यस्ता कार्यक्रम लेटाङका सवै क्षेत्रमा प्रभावकारी रुपमा संचालन गरिदै लगिने गिरिस कार्कीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०८-२२ , समय : ११:२६:४८ , १ वर्ष अगाडि