ईनेपालपत्र , ३३३ पटक हेरिएको

लेटाङ,२२ साउन । अनुगमनको दोस्रो दिन आज लेटाङ नगरलालिकाले नगर भित्र रहेका स्वास्थ्य क्लिनिक, फार्मेसि तथा भेटेनेरी सम्बन्धी पसलको अनुगमन गरेको छ ।
लेटाङमा रहेका डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिकहरु तथा भेटेनेरी पसलहरुको अनुगमन गरेको लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला पोख्रेलले जानकारी दिनभयो ।
निरौलाका अनुसार यो आर्थिक बर्षको सुरुवातमा गरिएको अनुगमन अव नियमित रुपमा हुने छ । उहाँले अनुगमनका क्रममा मिति नाघेका बस्तुहरुलाई छुट्टै भण्डारण गर्ने गरेको पाइएको वताउनुभयो । नियमित रुपमा अनुमन गरिने समेत जानकारी दिनुभयो । हाल स्वास्थ्य संस्था तथा फार्मेसी र भेटनेरी पसल अनुगमन गरिएको र यस लगत्तै अन्य ब्यवसायको अनुगमन गरिने समेत उहाँले जानकारी दिनभयो ।
अनुगमन टोलीमा लेटाङ अस्पतालका प्रमुख डा. कमलकान्त गोइत ,लेटाङ नगरपालिकाका अधिकृत भुपेन्द्र खनाल ,स्वास्थ्य शाखा प्रमुख केशव रिजाल, लेटाङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष डम्बर राई , पत्रकार महासंघ मोरङ सहसचिब प्रशान्त निरौला , उध्योग बाणिज्य संघका प्रतिनिधि निर्मल दाहाल ,ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी नायव निरिक्षक हेम वहादुर कटुवाल, नगरप्रहरी प्रमुख बलवहादुर राई , लगायत रहनुभएको थियो ।
प्रकाशित मिति: २०२३-०८-०७ , समय : १९:१४:३५ , २ वर्ष अगाडि