रबिन श्रेष्ठ , १७४ पटक हेरिएको
लेटाङ ८, साउन । डेङुका बिरामी प्रत्येक घरमा बढे संगै स्थानिय सामाजिक सेवा भावले खोलिएका युवाहरुको संस्था सिदार्थ युवा क्लब लेटाङ ४ ले डेङगाे नियन्त्रणका लागि सक्रियता बढाएको छ ।
आईतवार देखि लेटाङ नगरपालिका वडा न ४ मा फगिङ, सर्च एन्ड डिस्ट्रोय अभियान सुरु गरिरहेको हो । सिदार्थ युवा क्लब लाई देश तथा विदेश रहेका नगरवासीद्धारा आर्थिक सहयोग गरि फगिङ मेसिन र बिषाधी खरिद गरेको छ ।
मेसिनले लेटाङ ४ र आसपासमा फगिङ गर्ने छ । महामारी आउने अवस्था आएपछी स्थानियको समेत यस रोग प्रती चासो देखिएको हो ।
हाल प्रत्येक घरमा बिरामीकाे संख्या रहेकाे छ । बिरामिले अस्पतालमा समेत भिड बढेकाे छ । छिमेकी पालिकाहरुमा समेत डेङ्गाे संक्रमित बढेका कारण सबै पालिकाले एकै पटक याे अभियान सुरु गर्न आवश्यक देखिन्छ ।
प्रकाशित मिति: २०२३-०७-२४ , समय : १५:००:४५ , १ वर्ष अगाडि