लेटाङ अस्पतालमा थामी नसक्ने भिड

प्रशान्त निराैला , २१५  पटक हेरिएको

लेटाङ, ५ साउन । लेटाङमा डेङु संक्रमण दर ह्वात्तै बढेपछी लेटाङ ३ बिरना रहेको नगर अस्पातलमा बिरामीको चाप बढेको छ ।
ज्वरो आउने, टाउको दुख्ने , बमिट आउने लगायतका लक्षण सहितका बिरामीको संख्या एक्कासी बढे पछि अस्पतालमा बिरामिको भिड बढेको हो । अस्पतालले बिरामी दर्ता गर्न क्यु आर मेसिन समेत जडान गरेर छिटो काम गरिरहेकोमा आज बिरामिको भिडले अस्पतालमा समस्या देखिएको छ ।
ईमर्जेन्सीमा आएका बिरामिलाई ओपिडी कक्षमै डाक्टरले परिक्षण गरिरहेको देखिन्थ्यो भने ऐया र आथा भन्ने बिरामिको पिडाले अस्पताल भित्रको दृश्य कारुणिक समेत देखिएको थियो ।

लेटाङ नगरपालिकाले लामखुट्टे मार्न भन्दै फगिङ गरेको भएपनी प्रभावकारी हुन नसकेको गुनासो बढिरहेको छ । लामखुट्टे मार्नका लागि फगिङ भन्दा स्प्रे प्रभाकारी भएको र मानव स्वास्थ्यमा समेत कम असर गर्ने भनेर केही दिन अघि संचारकर्मी संग छलफल नै गरेर काम अघि बढाउने प्रतिबद्धता गरिएको भए पनि उक्त छलफलको निचोड अनुसार काम गरिएन । फगिङ गर्दा समेत लामखुट्टे नमर्नु तथा यस सम्बन्धी रोग ह्वात्तै बढ्नुले फगिङ सिर्फ जनताको आखाँमा छारो हाल्ने काम जस्तो मात्र भएको छ ।

लेटाङ नगरपालिकाले हाल सर्च एन्ड डिस्ट्रोय अभियान समेत सुरु गरेको सुनिन्छ । बिश्वब्यापि रुपमा यो विधि लामखुट्टे नियन्त्रण गर्न कामयाबी र फाईदा जनक देखिएपनी सबैले आ-आफ्नो ठाउँबाट एकै पटक अभियान सुरु गरियो भने मात्र लामखुट्टे नियन्त्रण हुन सक्दछ ।

पानी जम्ने टायर , गमला , फुलदानी मसिना मसिना पानी जम्ने स्रोत नस्ट गर्न सके लामखुट्टे नियन्त्रणमा आउछन ।यो संगै लामखुट्टे मार्नका लागि दबाई छिट्ने काम (स्प्रे) गर्न सके राम्रो हुन्छ । तर यो काम सबैले मिलेर गरे मात्र संभव छ ।

नगरपालिकाले समेत अभियानमा सबै तह तप्काका मानिसलाई जोड्न सके लामखुट्टे नियन्त्रणमा सहज हुने देखिन्छ ।

प्रकाशित मिति: २०२३-०७-२१ , समय : १८:१८:३५ , १ वर्ष अगाडि