कांग्रेस सचेतक राईद्वारा तमु ल्होसारको शुभकामना

Enepal Patra Pvt. Ltd. , १९२५  पटक हेरिएको

विराटनगर ,१५ पुस । प्रदेश नं. १ को प्रदेश सभामा नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले गुरुङ जातिको तमु ल्होसार नयाँ वर्ष ( २६०३ औं) च्यूल्हो का  अवसरमा शुभकामना दिनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्र मोरङ (३) (क) का वासिन्दालाई सम्बोधन गर्दै राईले विश्वभर रहेका गुरुङ दाजुभाई तथा दिदीबहिनीहरूमा यो पर्वले सद्भाव, माया र प्रेमको भावना बढाउन सकोस भन्नुभएको छ । नयाँ वर्षका रुपमा मानिने यो पर्वले गुरुङ र गैर गुरुङ बीच पनि आपसी भाइचारा र बन्धुत्व कायम गर्न सकोस भन्नुभएको छ । उहाँले संस्कृति र संस्कारको रक्षाका यो पर्व महत्वपूर्ण अवसर बन्न सकोस भन्दै संस्कार र संस्कृति जोगाउन सकेमात्र जात जातिको अस्तित्व जीवित रहने भएको छ ।
ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको भारतीय पात्रो विक्रम सम्बतको पुस १५ गतेलाई आधार मानेर मनाइने चलन छ । १े प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पति भएको मानिन्छ ।

प्रकाशित मिति: २०१९-१२-३१ , समय : ०४:५९:५७ , ५ वर्ष अगाडि