रबिन श्रेष्ठ , २६२ पटक हेरिएको
लेटाङ, २४ असार । लेटाङ कानेपोखरी सडक खण्डमा गत २२ गते बेलुका ७ः३० बजे तिरको समयमा कानेपोखरी देखि लेटाङ तर्फ आईरहेको प्रदेश १—०२—००२ च४१७३ नम्बरको बोलेरोले विपरित दिशा वाट गईरहेको प्रदेश १ ०२ ००३ ह १३१२ टेम्पोलाई ठक्कर दिंदा टेम्पो चालक कानेपोखरी ६ बस्ने सागर तामाङ सहित २ जनाको मृत्यु भयो ।
टेम्पोमा सवार कानेपोखरी ६ कै ९ वर्षीया बालिका रोशनी मगरको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भयो । टेम्पोमा
यो घट्ना कसरी हुन पुग्यो भनेर लेटाङ खबरको टिम दुर्घट्नास्थल पुग्दा जे देखियो त्यो सुनेर सबैको कन्सिरी तातिनु स्वभाविक छ । घट्नामा सवारी चालकले सावधानी पुर्वक चलाउनुपर्ने दायित्व त छदैछ तर त्यो भन्दा ठुलो कारण भनेको सोही दिन विहान हावापानीका कारणले ढलेको सखुवाको रुख रहेको छ । सडक अवरुद्ध हुने गरि रुख ढलेपछि बेलुका सम्म हटाउन कुनै निकायले चासो दिएन ।
लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावती संग रुख ढलेर सडक अबरुद्ध भएछनी भन्ने सवालमा आफु रंगेली वाट सोही सडक हुदै फर्कदा रुख सडकमा नदेखेको जानकारी दिनुभयो । सडक विस्तारर सफाईका लागि कानेपोखरी गाँउपालिका समक्ष संग समेत समन्वयको प्रयास भईरहेको उहाँले बताउनुभयो । छलफले कानेपोखरीको क्षेत्रलाई कानेपोखरीले नै सफाई गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
राष्ट्रिय बनको क्षेत्राधिकारमा पर्ने उक्त ठाँउ सब डिभिजन बन कार्यालयको पहिलो दायित्वको रुपमा जिम्मेवार बन्नुपर्ने हो तर सव डिभिजन वन कार्यालय लेटाङका प्रमुख सत्यनारायण झा संग हाम्रो टिमले कुराकानी गर्दा उहाँले आफ्नो क्षेत्र नपरेकाले वास्ता नगरेको र कानेपोखरी सव डिभिजनलाई प्रस्न गर्न भन्दै आफ्नो बचाउ गरेर पन्छिनुभयो । तर दुर्घट्ना स्थल लेटाङ सव डिभिजनकै कार्यक्षेत्रमा पर्ने जानकारहरु वताउछन् ।
यता सामुदायिक बन महासंघका प्रदेश सदस्य अग्नि पौडेलका अनुसार दुर्घट्ना क्षेत्र लेटाङ कै क्षेत्रमा पर्ने बताउनुभयो । प्रहरीको सिमा क्षेत्र सम्म वन क्षेत्र पनि लेटाङ डिभिजनकै पर्ने उहाँको भनाई छ । बन क्षेत्र भित्रको डिभिजन बन कार्यालयमा जानकारी गराएर रुख पन्छाई हाल्नुपर्ने बताउनुभयो । बनको कर्मचारीले डिभिजन बन कार्यालयमा जाहेर गरेर तत्काल सडक खोल्नुपर्ने उहाँको धारणा छ । राजमार्गका छेउमा रुखहरु भएकाले रुख लडेर जनधनको क्षती हुने संभावना बढी हुने भएकाले जसको क्षेत्र भएपनि रुख हरु हटाउन पहल गर्नुपर्ने उहाँको भनाई छ ।
लेटाङ कानेपोखरी सडक खण्डको करिव १ किलोमिटर क्षेत्रमा खाल्डाखुल्डी र साँघुरो कालोपत्रे भएकाले दुर्घट्ना बढिरहेको छ । सो क्षेत्रको सडक निर्माण हुनुपर्छ भनि नगरवासीले आवाज उठाउदा पनि नगरपालिकाले पहलकदमी नचालेको भनि नगरवासीहरुको गुनासो रहेको छ ।
सडकको मुख्य भाग ५.५ मिटर रहेको भइपनि हाल केही ठाँउको छेउवाट भत्किदै साघुरिएर ३ मिटर जति समेत भएको अनुमान गरिन्छ । जहाँ एउटा गाडी कुद्न समेत समस्या देखिन्छ ।
लेटाङ कानेपोखरी सडक खण्डलाई कालोपत्रे गरि पराकिलो वनाउनका लागि जनस्तरमा ठुलो माग छ । उक्त सडक हालत्यसो त लेटाङ नगरपालिका र कानेपोखरी गाउँपालिकाले समेत अवरुद्ध सडकलाई पुर्ण रुपमा सफा गर्न चुकेको देखिन्छ । नागरिकको सुरक्षामा समेत नगरपालिकाको ध्यान जानुपर्ने हो । लेटाङ नगरपालिकाले सडक सुरक्षाका धेरै काम गर्न वाकीँ छ । त्यसो त नगरप्रमुख भुपेन्द्र लावतीले वाटो चौडा गर्न मन्त्रालयमा फाईल बोकेर गएको समाचार यदाकदा सुनिने गरेका छन् । कानेपोखरी गाउँपालिका त यो सडकमा आफ्नो नागरिकले यात्रा नै गर्दैनन् जस्तो ब्यवहार गरेको पाईन्छ ।
रुख ढलेर सडक अवरुद्ध भई दुर्घट्ना हुने घट्ना यो मात्र पहिलो भने होईन । यसरी सडक अबरुद्ध भएर धेरै मानिसले ज्यान गुमाई सकेका छन.भने घाइतेको संख्या समेत धेरै छ । सडक सुरक्षामा आफ्नो क्षेत्राधिकार पर्ने वन कार्यालयहरु मुखामुख गर्ने र रमिते बनिदिदाँ तथा स्थानिय तहले सुरक्षामा ध्यान नपुर्याउदा जनता अकालमा मृत्युवरण गर्न वाध्य भईरहेका छन् । सडक सुरक्षाको जिम्मा लिएको ट्राफिक प्रहरीले समेत सडक सुरक्षाका विषयमा समयमै चासो राख्नुपर्ने देखिन्छ ।
प्रकाशित मिति: २०२३-०७-०९ , समय : १९:३३:१७ , १ वर्ष अगाडि