ढकालले एक किलो नून लिएर गरिबको घरमा पुगेको प्रमाण ल्याए,उमेद्वारी फिर्ता लिन्छु – डाक्टर शर्मा

जीत नजिक पुग्दै शर्मा

enepalpatra , १६७१  पटक हेरिएको

कोण सभालाई सम्बोधन गर्दै कांग्रेस उमेद्वार सुनील शर्मा

पथरी, २० कात्तिक । डाक्टर सुनील शर्माले आफ्ना प्रतिस्पर्धी एमाले उमेद्वार भानुभक्त ढकाललाई कोरोना कालमा आफ्नो निर्वाचन क्षेत्रका नागरिकका घरमा एक किलो नून, एक किलो चामल र एक लिटर तेल गएको प्रमाण ल्याए , उमेद्वारी फर्ता लिने चेतावनी दिएका छन् ।
मोरङ ३ मा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उमेद्वार डाक्टर शर्माले शनिबार मोरङको पथरीशनिश्चरे ३ को लामाटोलीमा बोल्दै सो कुरा बताएका हुन् । उनले कोरोनाको समयमा सिंहदरवारबाट बाहिर ननिस्किएका तत्कालिन स्वास्थ्य मन्त्री समेत रहेका एमाले उमेद्वार भानुभक्त ढकालले मोरङ ३ का नागरिकसँग मत माग्ने अधिकार नभएको दाबी गरे । उनले भने– अक्सिजन नपाएर प्याक प्याक भएका नागरिकका लागि उहाँले कहिले एम्बुलेनस पठानु भयो । कहिले राहत पु¥याउँनु भयो । डाक्टर शर्माले अगाडि थपे – स्वास्थ्य मन्त्री भएर झण्डा हल्लाउँदै हिड्नेले नागरिकका लागि मास्क समेत वितरण गर्न सकेनन । २०७४ सालको निर्वाचनमा १९०७ मतले आफू पराजित भएपनि नागरिकको दुख सुनेर आफू कहिल्यै नबसेको उनको तर्क छ । शर्माले मतदातासँग भने – राजनीतिक आस्थाका आधारमा मत हाल्दा दुख पाएको झल्झली सम्झना भइरहेको होला । अब त्यो गल्ती नगर्नुहोस । गाउँघरमा दुख सुुखमा हुर्किएको सुनील शर्मा टाढाको देउता भन्दा पक्के असल छ । उनले गरिवीको रेखा मुनि रहेका झण्डै २ हजार परिवारलाई कोरानाको समयमा राहत वितरण गरेको बताउँदै भने– सुन्दरहरैचा, बेलबारी र पथरीशनिश्चरे नगरपालिकालाई ४० लाख रुपियाँ सहयोग गरें । कानेपोखरीले राजनीति पूर्वाग्रह राखेर सहयोग लिएन, त्यसपछि हामीले ७५० परिवारलाई राहत वितरण ग¥यौं । उनले चुनाव हार्दा पनि जित्ने भानुभक्त ढकालको भन्दा धेरै जनप्रिय काम गरेको उल्लेख गरे ।

प्रकाशित मिति: २०२२-११-०६ , समय : ११:०१:३६ , २ वर्ष अगाडि