इनेपालपत्र , २६१ पटक हेरिएको
लेटाङ ,३१ असोज ।मोरङ क्षेत्र नम्बर १ लोकतान्त्रिक बाम गठबन्धन प्रदेश ख निर्वाचन परिचालन समिति गठन गरिएको छ । प्रदेश सदस्य उम्मेद्बार उपेन्द्र प्रसाद घिमिरे सहितको उपस्थितीमा भएको बैठकले उक्त समिती गठन गरेको हो ।
समितिको संयोजकमा शान्ति पाख्रिन लामा नेकपा समाजबादी ,सह संयोजक बाल कुमार चेम्जोङ नेपाली काँग्रेस ,सचिव भुपेश लिम्बू माओबादी केन्द्र ,सदस्य कमल खड्का , ढक बहादुर श्रेष्ठ,प्रेम चाम्लिङ , विमल राई , मेघनाथ तामाङ , हस्त बहादुर राई, किशोर राई, रोहित कटुवाल, बिन्दा श्रेष्ठ ,वासु घिमिरे र डिल्ली तिम्सिना रहनुभएको छ ।
नेपाली कांग्रेस ,नेकपा माओबादी केन्द्र र नेकपा समाजबादी पार्टिका उमेद्वारलाई बिजय गराउन आवश्यक तयारीका लागि संयुक्त निर्वाचन परिचालन समिती गठन गरिएको संयोजक लामाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२२-१०-१७ , समय : ०६:१७:२६ , २ वर्ष अगाडि