जबरजस्ती गर्न खोज्‍ने भोजपुरका वडासदस्य राई पक्राउ

Enepal Patra Pvt. Ltd. , ८९०  पटक हेरिएको

भोजपुर ६, पुस । हतुवागढी गाउँपालिका–६ होम्ताङका वडासदस्य बालकुमार राई बलात्कार प्रयासमा पक्राउ परेका छन् । राईले स्थानीय एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

चार दिनअघि स्थानीय लुङ्कुवाकी एक स्थानीय युवतीलाई साँझ घर फर्कने क्रममा वडासदस्य राईले जबरजस्ती गर्ने प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ।

पीडित युवतीका परिवारले जबरजस्ती करणी गर्न खोजिएको भन्दै गत पुष ३ गते वडा कार्यालयमा निवेदन दिएका थिए। कार्यालयमा निवेदन आएपछि सत्यतथ्य बुझ्न खोज्दा पीडक नै दोषी देखिएपछि सोहि वडाका वडाध्यक्ष सागर राईले प्रहरीको जिम्मा लगाएका थिए ।

पीडक राईलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याइएको छ ।अब म्याद थप गरेर अनुसन्धान र कानुनी प्रक्रिया अगाडी बढाइने इलाका प्रहरी कार्यालय घोरेटारका प्रहरी निरीक्षकले बताए ।

प्रकाशित मिति: २०१९-१२-२२ , समय : १६:५३:२३ , ५ वर्ष अगाडि