Enepal Patra Pvt. Ltd. , ११८३ पटक हेरिएको
बेलबारी, मोरङ ६ पुस । मान्छेले हत्तपत्त विचार र धर्म बदल्दैन । तर, वर्षोैं देखि गरिव दुखी र विपन्नको आर्थिक समुन्नति गर्छौ भनेर मत लानेहरू ओरको सिन्को पर नसारेपछि मान्छेहरू विचार बदल्न बाध्य हुन्छन् ।
वर्षौं देखि उही नारा, उही कुरा । न त सुकुम्बासीले धनीपूर्जा पाए । न त गरिवको चुल्हो बल्ने कुनै कार्यक्रम नै आए । विरामी हुँदा सामान्य उपचार पाउन पनि मुस्किल । यस्तै नियति भोगेर बसिरहेका बेलबारी नगरपालिका वडा ९ स्थित बैराखुनी गाउँका १ सय ५० बढीले बिचार बदलेका छन् । उनीहरू अब कम्युनिष्ट,राप्रपा र सङ्घीय समाजवादी पार्टीलाई कहिल्यै मतदान नगर्ने गरी नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
शनिबार बिहानै उनीहरू स्थानीय कृष्ण युवा क्लबको आयोजनामा भएको कार्यक्रममा भेला भएका थिए । सोही स्थानमा पार्टी प्रवेश कार्यक्रम पनि थियो । त्यहाँ आयोजित कार्यक्रममा १५० जनाले कांग्रेस प्रवेश गरेको औपचारिक घोषणा गर्नुभयो । पार्टी प्रवेश गरेका काँग्रेस जनको भनाई थियो । देखेर भोगको नेकपा भन्दा सुनेको कांग्रेस मनप¥यो । गरिब तथा असाहयहरुको पार्टी काँग्रेस नै भएको उहाँहरूको ठहर छ ।
उहाँहरूलाई अविर जात्रा गराउँदै कांग्रेस नेता डाक्टर सुनील शर्माले पार्टीको झण्डा प्रदान गर्नुभयो । शर्माले मोरङ क्षेत्र नं. ३ नै कम्युनिष्ट मुक्त बनाउने दाबी गर्दै भन्नुभयो – कांग्रेस साझा चौतारी हो । सबै अट्ने ठाउँ काग्रेसमा रहेको बताउँदै डाक्टर शर्माले प्रवेश गर्ने सबै कार्यकताले बहन गर्न सक्ने जिम्मेवारी पाउने उल्लेख गर्नुभयो । शर्माको भनाई थियो – मोरङ ३ मा उपचार नपाएर कोही मर्ने छैन् । कांग्रेसले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा आफ्नो घोषणापत्र राखेको छ । त्यसैले हामी घोषणापत्र कार्यान्वयन गरिरहेका छौं । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य भौँसीदेबी खवास ,जिल्ला सदस्य राजकुमार लिम्बु , ,क्लबका अध्यक्ष अंगद खवास लगायतले कार्यक्रममा बोल्नु भएको थियो ।
नेपाली काँग्रेस बेलबारीका सहसंयोजक बद्रीनारायण मण्डलको सभापतित्वमा भएको कार्यक्रम नेपाली काँग्रेस वडा नम्बर ९ का सचिब सन्तोष भट्टराईले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाल महिला संघकी जिल्ला सदस्य ईन्दिरा शर्मा,तरुण दल क्षेत्र नम्बर ३ का अध्यक्ष छत्र लिम्बु लगायत स्थानीय नेता कार्यकर्ताहरुको समेत सहभागिता थियो ।
प्रकाशित मिति: २०१९-१२-२२ , समय : १५:२८:०९ , ५ वर्ष अगाडि