मोरङ १ को प्रदेश “ख” मा शंकर राई सहित ३ जना सिफारिस

ईनेपालपत्र , ३४९  पटक हेरिएको

मोरङ, १५ भदौ । आसन्न प्रदेश सभाको मंसिर ४ गतेको निर्वाचनको लागि मोरङ क्षेत्र नं १ प्रदेश ख मा कांग्रेस क्षेत्रीय सभापती शंकर राई सहित ३ जनाको नाम सिफारिस भएको छ ।

मंगलबार मोरङ क्षेत्र नं. १ प्रदेश “ख” क्षेत्रिय समितिको बैठकमा सभापति शंकर राई , कांग्रेसका पुर्व जिल्ला सदस्य बृष थापा र केराबारी गाउँपालिकाका सभापति प्रकाश बस्नेतको नाम सिफारिस भएको हो ।

त्यस्तै ईन्द्र माबोहाङ, सुभद्रा भट्टराई , बिमल राई, प्रदेशको समानुपातिक तर्फ उम्मेद्वारमा सिफारिस गरेको छ ।

तेस्तै प्रदेश समितिले प्रतिनिधि सभाको उमेदवारका रुपमा डिगबहादुर लिम्बू , राम पोख्रेल र समानुपातिक तर्फ बिध्या बस्नेतलाई सिफारिस गरेको छ।

प्रकाशित मिति: २०२२-०८-३१ , समय : ०६:१९:४६ , २ वर्ष अगाडि