इनेपालपत्र , ४८९ पटक हेरिएको
बिराटनगर, ८ भदौ । नेपाली कांग्रेसले भदौ १० गतेदेखि शुरू हुने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।मोरङका केन्द्रीय प्रतिनिधिको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की आउनेभएका छन । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदै छ ।
प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको बताएका छन् । उनका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ ।पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डागत प्रचारप्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ
कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान शुरू हुनुभन्दा दुई दिनअगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तीमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ ।
केन्द्रीय नेताहरु आफ्नो गृहजिल्ला नजिक खटिएका छन् । उनीहरु अभियान अन्तर्गत विविध कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
प्रदेश –१
ताप्लेजुङमा – आङ्गेलु शेर्पा
पाँचथर – प्रदीप कुमार सुनुवार
इलाम – महेन्द्र कुमारी लिम्बु
झापा– डिला संग्रौला
संखुवासभा – उमेशजंग रायमाझी
तेह्रथुम– लक्ष्मी परियार
भोजपुर – भीम पराजुली
धनकुटा – राजीव ढुंगाना
मोरङ– ज्ञानेन्द्र कार्की
सुनसरी – अमृत अर्याल
सोलुखुम्बु – कल्पना चौधरी
खोटाङ – तारामान गुरुङ
ओखलढुंगा – लक्ष्मी खतिवडा
उदयपुर – बलबहादुर केसी
मधेस प्रदेश
सप्तरी – आनन्दप्रसाद ढुंगाना
सिरहा – महेन्द्रकुमार राय
धनुषा – नागिना यादव
महोत्तरी – मञ्जु खाण
सर्लाही – दिनेश कुमार यादव
रौतहट – अजयकुमार चौरसिया
बारा – रमेश रिजाल
पर्सा – पद्मनारायण चौधरी
बागमती प्रदेश
दोलखा – शान्ति परियार
रामेछाप – हरिशरण नेपाली
सिन्धुली – दिलमान पाख्रिन
रसुवा – राजेन्द्रकुमार केसी
धादिङ – मदनकुमार श्रेष्ठ
नुवाकोट – मदनबहादुर अमात्य
सिन्धुपाल्चोक – बहादुरसिंह लामा
काभ्रे – रमा कोइराला ९पौडेल०
चितवन – श्यामकुमार घिमिरे
मकवानपुर – उमेश श्रेष्ठ
भक्तपुर – अम्बिका बस्नेत
ललितपुर – नानु बाँस्तोला
काठमाडौं –जीतजंग बस्नेत
गण्डकी प्रदेश
गोरखा – ध्रुव वाग्ले
लम्जुङ – शंकर भण्डारी
तनहुँ – सुरेन्द्रराज पाण्डे
कास्की – प्रदीप पौडेल
मनाङ – गुरु बराल
मुस्ताङ – कृष्णचन्द्र नेपाली पोखरेल
पर्वत – चप्पादेवी खड्का
स्याङ्जा –चिनकाजी श्रेष्ठ
म्याग्दी – दिनेश कोइराला
बाग्लुङ –अब्दुल सतार
नवलपुर – सरस्वती आर्चल ९पोखरेल०
लुम्बिनी प्रदेश
नवलपरासी – मानबहादुर नेपाली
रुपन्देही – योगेन्द्र चौधरी
कपिलवस्तु – चन्द्रबहादुर केसी
पाल्पा – अब्दल रज्जाक
अर्घाखाची – डा. गोविन्द पोखरेल
गुल्मी – देवेन्द्र कँडेल
रुकुम (पूर्व) – धना खतिवडा
रोल्पा – मैकुलाल वाल्मीकी
प्युठान – जावेदा खातुन जागा
दाङ – गोपाल दहित
बाँके – दिपक गिरी
बर्दिया – गेहेन्द्र गिरी
कर्णाली प्रदेश
रुकुम (पश्चिम) – कृष्णकिशोर घिमिरे
सल्यान –सीता देवकोटा
डोल्पा – खाली
जुम्ला – रंगमती शाही
मुगु – कान्तिका सैजुवाल
हुम्ला – खाली
कालिकोट – जानकी सिंह
जाजरकोट –सिताकुमारी राना
दैलेख – राजीवविक्रम शाह
सुर्खेत –संजयकुमार गौतम
सुदूरपश्चिम प्रदेश
बाजुरा – अर्जनजंग बहादुर सिंह
बझाङ – गोविन्दबहादुर शाह
डोटी – नृपबहादुर वड
अछाम – रणबहादुर रावल
दार्चुला – यज्ञराज जोशी
बैतडी – रमेश लेखक
डडेल्धुरा – ईश्वरी न्यौपाने
कञ्चनपुर – रामजनम चौधरी
कैलाली – एनपी साउद
प्रकाशित मिति: २०२२-०८-२४ , समय : १०:३०:३९ , २ वर्ष अगाडि