एक व्यक्ति एक विरूवामा १ करोड २० लाख खर्च

enepalpatra , ३३५  पटक हेरिएको

विराटनगर ९ असार । एक व्यक्ति एक विरूवाका लागि सरकारले २०७८/०७९ का लागि मोरङमा १ करोड २० लाखभन्दा बढी रकम खर्च गरेको छ । तर, यो रकम बराबर रोपिएका विरुवा के कस्तो अवस्थामा छन् भन्ने जानकारी कसैलाई छैन ।

चालु आवको असार मसान्त सन २० दिन बाँकी छ तर डिभिजन वन कार्यालय मोरङले उत्पादन गरेको विख्वा धमाधम वितरण जारी छ । विरुवा दिने तर, अनुगमन नगर्ने कार्यले हरियाली क्षेत्र बढेको तथ्याङ्क आउँदैन ।

मोरङको प्रत्येक व्यक्तिको हातहातमा विरुवा पुयाउन संघीय र प्रदेश सरकारले हरित र सौन्दर्य अभियानका लागि विरुवा उत्पादन शीर्षकमा १ करोड २० लाख रकम खर्चेको छ। संघीय र प्रदेश सरकारको रकमबाट मोरङ जिल्लामा बसोबास गरिरहेका सबै व्यक्तिको • हातहातमा विरुवा पुयाउन गरेको खर्च रकमको सदूपयोग हुन नसकेको जनगुनासो बढेको छ ।

डिभिजन वन कार्यालय मोरङले जिल्लाको १८ नर्सरीबाट ८२ प्रकारको १२ लाख विरुवा उत्पादन गरिरहेको छ । जिल्लाको जनसंख्या १२ लाख नै रहेकोले सबै नागरिकको हातहातमा विरुवा पुयाउने लक्ष्यका साथ विरुवा उत्पादन भइरहेको सहायक वन अधिकृत परमेश्वर

घाँस उत्पादन विरुवा र धार्मिक विख्वा उत्पादन गरिरहेको छ । विरुवा रोपेको समावधिको १० वर्षभित्र ३० इन्च गोलाइको हुने र त्यो काटेर सर्वसाधारणलाई बिक्री गर्ने गरी विरूवाको उत्पादन भइरहेको पासवानले बताए ।

पासवानले जानकारी गराए

बुधवार न्यू सृष्टि दैनिकसँग कुरा गर्दै पासवानले भने, संघीय र प्रदेश सरकारले हरित नगरी र सौन्दर्य जिल्ला निर्माण अभियानका लागि विरुवा उत्पादन शीर्षकमा १ करोड २० लाख बजेट उपलब्ध भएको छ ।”

डिभिजन वन कार्यालय मोरङले जिल्लाको १८ नर्सरीबाट विरुवा उत्पादन गरेर निःशुल्क रूपमा वितरण अभियान जारी राखेको छ। ‘हामीले प्रत्येक वर्ष १२ लाख विरुवा उत्पादन गरेपनि माग २५ लाखभन्दा बढी छ’ उनले भने ।

कार्यालयले ४ उद्देश्यका साथ काठ उत्पादन विरुवा, सौन्दर्य उत्पादन विरुवा, डाले कार्यालयले विभिन्न १८ नर्सरीबाट उत्पादन गरेको विरूवा १२ लाख जनताको घरघुरीमा पुग्न सकिरहेको छैन। जसले जति माग्यो त्यति लैजाने चलनका कारण विरूवाको दुरूपयोग भइरहेको छ।

१ व्यक्तिले ५ सयदेखि १ हजार विरुवा लैजाने र उसले नर्सरीमार्फत कारोबार गर्ने गरेकोले यसमा कर्मचारीको संलग्नता छ र यसको घोर दुरूपयोग भइरहेको छ ।

डिभिजन वन कार्यालय मोरङ प्रमुख अनिरूद्धप्रसाद साह, सहायक वन अधिकृत तथा सूचना अधिकारी ललनकुमार ठाकुरसहित जिल्लाका १६ भन्दा बढी सहायक वन अधिकृतको मिलोमतोमा विरुवा उत्पादन र वितरण शीर्षकमा आएको रकममा चलखेल भइरहेको छ ।

कार्यालय निकट सूत्रका अनुसार सरकारसँग नजिक रहेका व्यक्तिहरूले चलाइरहेको नर्सरीमा समेत कार्यालयको बजेट लगानीले विरुवा उत्पादन गर्ने र बाँडेको कागजात देखाएपनि बिक्री गरिएको र यसप्रति सम्बन्धित निकाय मौन छ । न्यु सृष्टि दैनिकमा छापिएको छ । 

प्रकाशित मिति: २०२२-०६-२३ , समय : ०७:४३:३२ , ३ वर्ष अगाडि