Enepal Patra Pvt. Ltd. , ६५३ पटक हेरिएको
विराटनगर २ पुष २०७६ । भ्याट र स्थायी लेखा नम्बर नलिएका ढुवानी कम्पनी र ट्रक व्यवसायीले कामको अर्डर लिन बन्द गरेपछि मंगलबार विराटनगरबाट १० प्रतिशतमात्र ढुवानीका साधन छुटेका छन्।
ढुवानी व्यवसायीले सरकारी टोलीसित सम्झौता गर्दै पुस १ गतेदेखि मूअकरमा दर्ता हुने सहमति जनाएका थिए। भ्याटमा दर्ता नभएका ढुवानी व्यवसायीले पठाएका साधन सरकारी अनुगमनमा पर्ने डरले यस्ता व्यवसायीले पुस १ देखि काम नै बन्द गरेका हुन्। उद्योगपतिद्वय अशोक मुरारका र अनिल शारडाले आफूले दिनभरि खोज्दा पनि मालसामान ओसार्ने एउटै ट्रक फेला नपरेको बताए।
त्ब्त्ब्क्ब्ल्क्ष्ःब् लभधव्बनमबmदब क्तभभ
िट्रान्सपोर्ट एसोसिएसन विराटनगरका पूर्वअध्यक्ष एवम् जेबी क्यारियर्सका सञ्चालक सुशील जोशीले आफ्नो फर्मले मंगलबारदेखि बुक नलिएको बताए। ‘अब भ्याटमा दर्ता नभई र बिलबुक नछापी मालसामानको बुक लिने काम हुँदैन,’ उनले भने, ‘यसका लागि एक हप्ता कम्तीमा लाग्छ । विराटनगरका अधिकांश ढुवानी व्यवसायीको यही अवस्था हो।’ विराटनगरबाट काठमाडौं लगायत विभिन्न ठाउँमा मालसामान बोकेका दैनिक ४० देखि ५० ट्रक छुट्छन्। मंगलबार पाँचवटा मात्र छुटेका छन्।
त्यस्तै स्थायी लेखा नम्बर लिएका वा भ्याटमा दर्ता भएका ट्रकलाई मात्र आफ्नो कम्पनीले काम दिने स्पष्ट पार्दै उनले पछि सरकारी झन्झट र कारबाहीमा फस्नुभन्दा अहिले नै सतर्क हुनु राम्रो भन्ने धारणा व्यक्त गरे। ढुवानी साधनका सञ्चालकले व्यवसायीलाई प्यान वा भ्याट बिल नदिएका कारण ढुवानी व्यवसायीले ट्रक सञ्चालकउपर गरेको खर्च राजस्व कार्यालयमा अमान्य हुने अवस्था छ। अर्थमन्त्री डा युवराज खतिवडाबाट गत जेठ १५ गते प्रस्तुत बजेटमा साउन १ देखि एक हजार रूपैंयाँभन्दा माथिको खर्चमा प्यान बिल अनिवार्य हुनुपर्ने उल्लेखित छ।
‘नयाँ–नयाँ नियम लगाएपछि सरकारले पनि व्यवसायीलाई सचेत बनाउने काम गर्नुपर्छ, सरकार यो पाटोमा कमजोर देखियो,’ ढुवानी व्यवसायी जोशीको भनाइ छ, ‘अधिकांश ट्रक र ढुवानी व्यवसायी अहिले अन्योलका स्थितिमा छन् । अब कसरी काम गर्ने भन्ने चिन्तामा परेका छन्। यस्ता बेलामा सरकारले अभियान नै चलाएर व्यवसायीलाई मोबिलाइज गर्नु आवश्यक छ।’
त्यस्तै प्यान वा भ्याटमा जानुपर्ने अवस्थाका कारण अधिकांश स्वरोजगार ट्रक व्यवसायीको पेसा खोसिने अवस्था आएको उनको दाबी छ।
स्वरोजगार ट्रक व्यवसायलाई प्यान वा भ्याट नम्बर दिन सरकारले सहज नियम बनाउनुपर्ने जोशीले आग्रह गरे। उनले भने, ‘नभए ट्रक र ढुवानी व्यवसायमा ‘टाइकून’हरूको प्रवेश हुनेछ। साना र स्वरोजगार व्यवसायी सकिने छन्।’
याे खबर बिजपाटीवाट लिईएकाे हाे ।
प्रकाशित मिति: २०१९-१२-१८ , समय : १२:२६:५३ , ५ वर्ष अगाडि