नगरप्रमुख शंकर राई द्वारा प्रधानमन्त्री देउवालाई शान्ती सुरक्षाको माग गर्दै ज्ञापनपत्र हस्तान्तरण

Enepal Patra Pvt. Ltd. , २८४  पटक हेरिएको

लेटाङ, ७ चैत। प्रधानमन्त्री शेर बहादुर देउवालाई लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको छ । आज सुन्दर हरैचाको प्रसासनिक भवन सिलन्यास गर्न आउनुभएको प्रधानमन्त्री देउवालाई भेटेर नगरपालिकाको तर्फ बाट ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो ।
प्रहरीको संख्या कम भएको , यातायातको साधनको अभाव भएको कारणले प्रहरीलाई समस्या भएर शान्ती सुरक्षामा समस्या भएको भन्दै नगरप्रमुख राईले समस्या समाधानका लागि ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको हो ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले शिक्षा बिकासमा भएको घट्नाको निन्दा गर्नुभयो । उहाँले ईलाका प्रहरी कार्यलयलाई थप मजबुद गर्ने वचन समेत दिनुभयो ।

प्रकाशित मिति: २०२२-०३-२१ , समय : १४:०७:४५ , ३ वर्ष अगाडि