रंगेलीका महिला जनप्रतिनिधि लाई तालिम

Enepal Patra Pvt. Ltd. , ६८०  पटक हेरिएको

रबिन्द्र बराल

रंगेली १९ फागुन । माेरङकाे रंगेली नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिलाई लक्षित गरि नेतृत्व र क्षमता विकास गर्ने उदेश्यले चार दिने तालिम सुरु भएको छ।

निर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा जानकारी दिन प्रारम्भिक चरणको तालिम सुरु गरिएको हाे । स्थानीय तहमा निर्वाचित उनीहरुको निर्णय प्रक्रियामा सहभागिता, नेतृत्व परिचय, भूमिका र आत्माविश्वास बृद्धि गर्ने उद्देश्यले तालिम सुरु गरिएको छ । तालिम रंगेलीमा रहेको मेलिना गेष्ट हाउसमा आयोजना गरिएको छ ।

दलित महिला केन्द्र नेपालले इन्टरनेशल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टम संस्थासँगको सहकार्यमा माेरङकाे ६ पालिकाकाे रंगेली ,बेलबारी, कटहरी, ग्रामथान,केराबारी र लेटाङमा साे तालिम काे आयोजना गरिएको दलित महिला केन्द्र नेपाल का प्रशिक्षक उमेश बिकले बताउनुभयो ।

रंगेली नगरपालिकामा निर्वाचित २१ जना महिला जनप्रतिनिधिहरु तालिममा सहभागी रहेको छन ।

कार्यक्रमकाे रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले मैनबत्ति बालेर उद्घाटन गरेका थिए । उहाँलेे भन्नुभयो हरेक तालिममा भत्ताकाे लाेभमा गर्ने र भत्ता पाउने थाहा पाएपछि टाठा बाठलेे मात्रै तालिम बारम्बार लिदै आईरहेकाे तर तालिम पछि त्यसकाे सदुपयोग नगर्ने गरेको समेत बताउनुभयो। यसरी महिला जनप्रतिनिधिलाई तालिमकाे आयाेजना गरेकाेमा आयाेजक लाई धन्यवाद समेत दिनुभएको छ। उहाँलेे भन्नुभयो तालिममा क्षमता बिकास नगरी नेतृत्व गर्न नसकिने भएकाले ब्यक्तिगत क्षमता वृद्धि, अध्ययनले मात्र सफल नेतृत्व संभव हुने र असल गुणहरुको बिकास गर्न तालिमहरुले महत्वपुर्ण भुमिका निर्बाह गर्न आवश्यक रहेको समेत बताउनुभयो । तालिमलाई एनजिओ फेडेरेसन नेपालका सचिब उमेश बिश्वकर्मा ,स्वस्तिका पोख्रेल र निलम ढुङ्गगेलले सहजिकरण गरिरहनुभएको छ ।

प्रकाशित मिति: २०२१-०३-०३ , समय : ०४:५७:०० , ४ वर्ष अगाडि