Enepal Patra Pvt. Ltd. , १४७५ पटक हेरिएको
काठमाडौं । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो हटाइएका छन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले उनलाई पदमुक्त गरेको स्रोत बताउँछ ।
पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् ।
मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन ।
नेपालको संविधानको धारा १६९ को २ (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२०-१२-२७ , समय : ०८:४७:२५ , ४ वर्ष अगाडि