Enepal Patra Pvt. Ltd. , ८०३ पटक हेरिएको
बिराटनगर, १८ मंङ्सिर । चार दिन देखि बेहोस अवस्थामा रहेकी संखुवासभाको तुम्लिङटारकी मुना तामाङको नोवेल अस्पताल बिराटनगरले निशुल्क उपचार गरिदिने भएको छ ।
ऋण खोजेर उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल ल्याइएकी उनको उपचार सुरु गर्दा गर्दै अलिअलि भएको पैसा सकियो । परीक्षणमा ‘ब्रेन ट्यूमर’ को समस्या पत्ता लागपछि चिकित्सकले तत्काल शल्यक्रिया गर्न सझाए । तर, पैसा रित्तिदा बेहोस अवस्थामै मुनालाई घर फर्काउँनुपर्ने अवस्था आयो । ज्याला मजदुरी गरेर जेनतेन परिवार पाल्दै आउनु भएका श्रीमान दिलिपले श्रीमतीको अप्रेशन खर्च जुटाउँने कुनै उपाय नभेट्दा मृत्युशैयामा पुगेकी मुनालाई बेहोस अवस्थामै घर फर्काउँने तयारी गरिरहनु भएको थियो ।
अप्रेशन गर्ने पैसा नभएकै कारण मृत्युको मुखमा पुग्नु भएकी तामाङको अन्ततः नोबेल अस्पतालले निशुल्क उपचार गरिदिएको छ ।। पैसा अभावमा उपचार गर्न नसकेर मृत्युशैयामा पुगेको बिरामीलाई घर फर्काउँन लागेको थाहा पाएपछि नोबेल अस्पताल सञ्चालक डा.सुनील शर्माले मुनाको निःशुल्क उपचारको व्यवस्था मिलाईदिनु भएको हो । डिउटीमा रहेका स्वास्थ्यकर्मीबाट उपचार गर्ने पैसा नभएर बिरामी लैजान लागेको खबर पाएपछि डा.शर्मा बिरामीको अवस्था बुझ्न ईमर्जेन्सी कक्ष पुग्नु भएको थियो । उहाँले बिरामीको दयनीय अवस्था बुझेपछि सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था मिलाईदिनु भएको हो । । शल्यक्रिया सफल भएपछि अहिले मुनाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ । डा.शर्माको सहयोगका कारण आफु मृत्युको मुखबाट फर्किएको भन्दै मुनाका श्रीमानले खुशी व्यक्त गर्नुभयो । ‘गरिब परिवारको मान्छे, धेरै खर्च गरेर उपचार गर्न सक्ने अवस्था थिएन ।’ उहाँले ‘पैसा नभएर उपचार गर्न नसक्दा बेहोस अवस्थामा त्यत्तिकै मर्न लागेको मासनसलाई निशुल्क उपचार गरिदिएर बचाउनु भयो । मनकारी मान्छेको साथ मिल्नाले निःशुल्क उपचार पाएर ज्यान जोगियो ।’
डा.शर्माले मुनाको अप्रेशनसहित लाखौं मूल्य बराबरको औषधि उपचार निःशुल्क मात्र गर्नु भएन । बेखर्ची बनेका बिरामी र कुरुवालाई खानाको व्यवस्था पनि मिलाईदिनु भयो । उपचार गर्ने पैसा नभएर बेहोस अवस्थामै घर फर्काउँन लागेको थाहा पाएपछि बिरामीलाई औषधि, उपचारसहित कुरुवालाई खानाको व्यवस्था मिलाईदिएको डा.शर्माले बताउनु भयो । उहाँले भन्नुभयो –‘अफ्ठेरोमा परेकालाई सहयोग गर्नु मानबीय कर्तव्य हो । त्यसैले उहाँहरुलाई पनि सहयोग गरेको हुँ ।’
प्रकाशित मिति: २०२०-१२-०३ , समय : ०८:१३:३२ , ४ वर्ष अगाडि