रामचन्द्र पौडेल समुहको नाममा पार्टी सभापति विरुद्ध दर्ता गराइएको विरोध पत्र कांग्रेस सिध्याउने खेल: सुजता कोईराला

Enepal Patra Pvt. Ltd. , ९१४  पटक हेरिएको

  • काठमाडौं, १३ असोज । कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले रामचन्द्र पौडेल समुहको नाममा पार्टी सभापति विरुद्ध दर्ता गराइएको विरोध पत्र कांग्रेस सिध्याउने खेल भएको बताएकी छन्।

कम्युनिष्ट सरकारसँग जुध्नु पर्ने बेला आफ्नै पार्टीभित्र विग्रह ल्याउनेगरी पौडेलले पार्टी कार्यालयमा दर्ता गरेको असहमतिपत्रप्रति कोइरालाले आफ्नो गभ्भिर असहमति रहेको बताएकी छन्।
प्राइम टेलिभिजनमा पत्रकार ऋषी धमलासँगको अन्तवार्तामा नेतृ कोइरालाले पौडेल समुहका नाममा विरोध पत्रमा आफुले असहमति छ भन्दा भन्दै हस्ताक्षर समावेश गराएको पनि बताईन । ‘जीवन परियारजी आएर ल हस्ताक्षर गर्नुपर्यो भन्नुभयो । मैले गरे तर एकघण्टाभित्रै मैले वहाँलाई फोन गरेर मेरो सहमति छैैैन भनेकी हुँ’, कोइरालाले भनिन्।

सुजाताले कांग्रेसभित्र आपसमै लडाइ गरे पार्टीको अस्तित्वनै समाप्त हुने वताउदै गुटका नाममा रामचन्द्र पौडेलले गरिरहेका कृयाकलाप आफुलाइ मान्य नभएको पनि बताइन ।
‘सबै दोष सभापति शेरबहादुर देउवालाई मात्रै दिएर हुदैन, दोष सबैको छ’, सुजाताले भनिन्, ‘शेरबहादुरजीले त आफ्ना सबै साथीहरुलाई एकजुट बनाएर राख्नुभएको छ । तर हामीहरुको तिर त गुटैगुटमात्र छन् । त्यसभित्र पनि कस्ले कस्लाई सिध्याउने भन्ने छ । त्यसैले म त बैठकहरुमा जानपनि छोडिसकेको छु ।’

सुजाताले पार्टी सभापतिले गठन गरेको विभागलाई बहिष्कार गर्नुपनि पौडेल लगायतका नेताहरुको गम्भीर गल्ति भएको बताईन । ‘पार्टीको विभाग ढिला गठन भएपनि त्यसले पार्टीका साथीहरुको मनोवल वढाएको छ र संगठनमा लाग्न सजिलो भएछ’ उनले भनिन्, ‘ढिलो बन्यो भनेर विभाग गठनप्रतिनै असहमति जनाउनु उपयुक्त होइन ।’

उनले पार्टी सभापतिको मात्रै कमजोरी देखाएर पार्टी कमजोर बनाउने खेलामा नेताहरु लागेको पनि बताईन ।

कांग्रेस महाधिवशन फागुनमा गर्न अव सम्भव नभएको बताउँदै कम्तिमा तीन महिना सार्नु उपयुक्त हुने उनले बताईन ।

‘शेरबहादुरजी र रामचन्द्रजी दुबै समुहमा राम्रा साथीहरु पनि छन् । दुबैलाइ मिलायो भनेमात्र कांग्रेस वलियो हुन्छ’, सुजाताले भनिन्, ‘होटल र रेष्टुरेण्टमा वसेर सिक्नेचर क्याम्पेनिङ गर्ने भन्दापनि पार्टी अफिसमै बसेर सभापतिलाई पनि राखेर छलफल गर्नुपर्छ ।’

उनले पार्टीभित्र विवादको विहुँ रोप्ने योजना भएको भन्दै त्यसबाट सबै नेताहरु सुरक्षित हुनुपर्ने पनि बताईन । ‘कांग्रेसभित्र धेरै ठुलो विवादको विँउ रोप्ने कोशिल हुदैछ । रामचन्द्रजीको कृयाकलापवाट म खुसी छैन । पार्टी सभापतिको चुनाव लड्न गुटवन्दीका लागि वहाँले जे पनि गर्नुभएको छ’ सुजाताले भभिनन्, ‘तपाई नेकपासँग लड्ने कि आफ्नै पार्टीभित्र लडेर समाप्त हुने ?’

रामचन्दै पौडेलले पटक पटक अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसकेकोे सुजाताको आरोप छ । ‘रामचन्द्रजीले केहि पाइन भन्ने हो भने मैले किन नभन्ने ? वहाँलाई पटकपटक अवसर दिएको हो । पटक पटक पदाधिकारी हुनुभयो । गत महाधिबेशनमा सभापति लडनुभयो । प्रधानमन्त्रीका लागि १६ पटकसम्म लड्दा पनि जित्नुभएन । फेरी हार्नुभयो । पार्टीले त उहाँलाई धेरै दियो’ सुजाताले भनिन् ।

उनले काग्रेसलाई एकजुट बनाउन युवाहरुलाई अगाडी बढाउनु पर्ने होईन सक्षम व्यक्ति आउनु पर्ने पनि बताईन ।

प्रकाशित मिति: २०२०-०९-२९ , समय : १९:१५:१४ , ४ वर्ष अगाडि