रोटा भाइरस बारेमा सचेतना फैलाउँदै नगरपालिका

Enepal Patra Pvt. Ltd. , ११८१  पटक हेरिएको

पथरीशनिश्चरे, ४ असार । मोरङको पथरी शनिश्चरे नगरमा नियमित खोप सञ्चालनका क्रममा रोटा भाइरसबाट हुने पखाला रोकथामको सचेतनाका लागि अभिनयमार्फत बच्चाका आमालाई जानकारी गराइने भएको छ ।
नगरपालिकाको आयोजनामा पथरी नगर अस्पतालले बिहीबार खोपमा संलग्न नगरका स्वास्थ्यमर्कीहरुलाई रोटा भाइरसबाट हुने पखाला रोकथाम तथा नियमित खोप सेवा मार्फत सरसफाई प्रवद्र्धनका उपाय बारेमा अभिनय गरेर देखाउने कार्यशाला सम्पन्न गरेको छ ।
बच्चाका लागि प्रत्येक महिनाको २० गतेको नियमित खोप लगाउन आउने आमाहरुलाई अभिनय गरेर स्वस्थ र अस्वस्थ अवस्था प्रष्टाउने कार्यका लागि स्वास्थ्य कर्मचारीलाई तालिम प्रदान गरिएको डाक्टर साकारबाबु घर्तीले जनाउनु भयो । घर्तीले कार्यशालाको सहजीकरण गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२०-०६-१८ , समय : १९:२७:१३ , ५ वर्ष अगाडि