आमा पाल्नलाई दाजुभाइको मुद्धा, फैसला सुनाउन न्यायाधीशनै भक्कानिए ‘

Enepal Patra Pvt. Ltd. , ६१०  पटक हेरिएको

एजेन्सी ।  अदालतमा एउटा मुद्दा आयो , जुन मुद्दाले सबैको दिमाग हल्लाइ दियो। अदालतमा सम्पत्ति बिबाद र अन्य घरायसी बिबादित केसहरु आइ नै रहन्छन् । तर यो मुद्दा धेरै नै फरक किसिमको थियो । एक ७० बर्षको बृद्ध ब्याक्ती ले आफ्नो ८० बर्षिय दाइलाई अदालतमा मुद्दा दिएका थिए ।मुद्दामा यस्तो लेखिएको थियो कि , मेरो ८० बर्षको ठूलो दाजु , अब बृद्ध हुनुभयो । त्यसैले उ आफ्नो ख्याल पनि ठिक सँग ले राख्न सकेको छैन । तर मैले प्रतिबन्ध लगाउदा पनि दाइ हाम्रो ११० बर्षकी आमाको स्याहार सुसार गरिरहेका छन् । म अहिले ठिक छु त्यसैले अब मलाई आमाको सेवा गर्नको लागि मौका दिनुपर्छ । र आमालाई स्याहार सुसार गर्नको लागि मलाई जिम्मा लगाइयोस ।

यो मुद्दा ले न्यायाधीश महोदय लाई समय लिएर सोच्न बाध्य बनायो र कानुनी रुपमा यो मुद्दा निकै चर्चाको बिषय पनि भयो। न्यायाधीश महोदय ले दुइभाइलाई सम्झाउनको लागि कोशिश गरे कि तपाइँहरु १५र१५ दिन राख्नुहोस् आमालाई । तर दुबै भाइलाई यो भनाइले केही असर पारेन । जेठो दाइको भनाई थियो कि म आफ्नो स्वर्गलाई आफुबाट टाढा किन राखु ।आमाले यो भनुन कि , आमा मुसँग बस्दा कुनै समस्या छ । वा मैले आमाको स्याहार सुसार राम्रोसँग गरेको छैन भने अबस्य कान्छाभाई लाई आमाको जिम्मा लगाउँनुहोस् ।

कान्छा भाई भन्दै थिए कि बिगत ४० बर्षदेखि आमाको सेवा एक्लै गर्दै आइरहनु भको छ । आखिर म आफ्नो कर्तव्य कहिले पूरा गरुँ । निराश हुँदै न्यायाधीश ले सबै प्रयास गरे तर कुनै हल भएन । अन्ततः न्यायाधीश ले आमाको राय बुझ्नको लागि आमालाई उपस्थित हुनको लागि भने । र न्यायाधीश ले सोधे कि तपाई दुई भाइ मध्य कुन भाइ सँग बस्न चाहनुहुन्छरुआमा ३० किलो जति वजनकी, धेरै नै जमजोर थिइन् । र धेरै नै मुस्किलले कान्छो छोराले दाजुको घरबाट बोकेर अदालत सम्म ल्याइ पुर्‍याएका थिए।

आमाले दुस्ख मान्दै भनिनस् मेरो लागि दुबै छोरा बराबर छन म कुनै एउटाको पक्षमा फैसला सुनाएर अर्को छोराको मन दुखाउन चाहन्न । तपाईं न्यायाधीश हुनुहुन्छ , निर्णय गर्ने तपाईंको काम हो । जे तपाईं निर्णय गर्नुहुन्छ त्यही नै मान्य हुने छ ।आखिर न्यायाधीश महोदय ले गरुँगो मन बनाएर निर्णय सुनाए कि यो न्यायलय कान्छो भाइको भावनामा सहमत छ कि जेठो दाजु साचै नै बूढो र कमजोर हुनुहुन्छ । यस्तो अबस्थामा आमाको स्याहार सुसार गर्ने जिम्मा कान्छोभाइ लाई दिने निर्णय गरियो ।

अदालतको फैसला सुनेपछि जेठो दाजु जोड-जोडले रुन लागे कि यस बृद्धअबश्थामा मेरो स्वर्गलाई मबाट खोसियो। अदालतमा भएका न्यायाधीश सहित सबैजना रुन लागे ।

भन्नुको तात्पर्य यो हो कि यदि दिदी भाइ दाजु बहिनिमा झगडा होस् त यस स्तर को होस् । आमा मेरो हो । आमा मैले पाल्न पाउनुपर्छ भन्दै झगडा होस र बृद्वाश्रममा पुर्‍याइएका छोराछोरिलाई थाहा लागोस कि बाआमाको महत्त्व। बाआमालाई बृद्वाश्रमा राख्नु भनेको पाप हो ।हामिले यो मुद्दाबाट यो शिक्षा पायौं कि, बुबाआमाको मन कहिले दुखाउनु हुँदैन । सन्तोष कार्कीको फेसबुक वालबाट साभार गरिएको हो

प्रकाशित मिति: २०२०-०६-१८ , समय : ११:०४:४९ , ५ वर्ष अगाडि