Enepal Patra Pvt. Ltd. , ५८४ पटक हेरिएको
पथरीशनिश्चरे (मोरङ), २५ जेठ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷०७८ का लागि नीति, कार्यक्रम तथा बजेटका विषयमा योजना तर्जुमा सम्वन्धी छलफल सुरु गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिकाको बैठकले असार १० गतेको नगरसभाका लागि प्रति वडा ७५ लाख वडागत बजेट सिलिङ तय गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले बताउनु भयो ।
बैठकले, जेठ ३० गतेसम्ममा विषयत समितिमार्फत नितीगत विषय सहितको योजना र असार ५ गतेसम्ममा वडागत योजना तर्जुमा गरिसक्ने निर्णय गरेको पनि प्रवक्ता गुरागाईंले बताउनु भयो ।
कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको लामो समयको लकडाउनका कारण राजस्व सहित नगरको समग्र आम्दामीमा गिरावट आएकाले बजेटको आकारमा समेत केही असर परेको छ । चालु आर्थिक वर्षमा १ करोडको वडागत सिलिङ बजेट विनियोजित थियो ।
प्रकाशित मिति: २०२०-०६-०७ , समय : २०:१५:०७ , ५ वर्ष अगाडि