Enepal Patra Pvt. Ltd. , ५१४ पटक हेरिएको
विराटनगर, १० जेठ। प्रदेश ५ मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ५९१ जना पुगेको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा। राजेन्द्र गिरीले अपरान्ह सात जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो ।
रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
गुल्मीका संक्रमित यसअघि मृत्यु भएका ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट ट्रेसिङमा भेटिएका हुन्।
प्रकाशित मिति: २०२०-०५-२३ , समय : १९:३८:४९ , ५ वर्ष अगाडि