Enepal Patra Pvt. Ltd. , १३१६ पटक हेरिएको
पथरीशनिश्चरे, २६ चैत । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा हालसम्म ८ लाख १७ हजार १ सय १२ रुपैयाँ जम्मा भएको छ ।
‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा हालसम्म ८ लाख १७ हजार १ सय १२ रुपैयाँ जम्मा भएको हो ।
जहाँ जहाँ जो जोबाट सहयोग आएपनि नगरस्तरीय सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गर्न थालिएको समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले बताउनु भयो । नगरपालिकाको विपद व्यवस्थापनको समेत बजेटमा थप कोष जम्मा गरी वडा वडामा राहत उपलब्ध गराइएको छ । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।
दाताहरुको नामावली :- ….
१, दीपक वस्नेत, (पथरी शनिश्चरे, १) – १ लाख १ हजार
२, लर्डबुद्ध साकोस (प श, २ ) – २० हजार १
३, महिला जातृति सामुदायिक वन (प श, ९) – १५ हजार
४, सागर तुम्वापो (प श ३, हाल इजरायल) – १५ हजार
५, रोशन खरेल (प श, ९) – १० हजार
६, महेन्द्रचोक जेसीवी सञ्चालक टिम (प श, ९) – ३ हजार
७, मनकामना साकोस . (प श १) – २१ हजार
८, काँशीराज राई ( प श ७, ) – १० हजार
९, अनोज घिमिरे ( प श १०, ) – १० हजार
१०, हरिराज प्याकुरेल ( प श १) – ५ हजार १ सय
११, उत्साही साना किसान सहकारी संस्था (प श)
( कृषि विकास बैंकमार्फत) – २५ हजार
१२, शनिश्चरे साकोस ( प श ९) – १५ हजार
१३, रञ्जित मगर, अमृता मगर ( प श ९) – ३ हजार
१४, तलेजु साकोस ( प श ९) – १० हजार
१५, प्याब्सनमा आवद्ध संस्थागत विद्यालयहरु ( प श) – ५ लाख ५४ हजार १ सय ११
प्रकाशित मिति: २०२०-०४-०८ , समय : १८:०१:५४ , ५ वर्ष अगाडि