सीमसाग आम्दानीको गतिलो स्रोत

Enepal Patra Pvt. Ltd. , २१२०  पटक हेरिएको

हरि कोइराला
पथरीशनिश्चरे(मोरङ), २४ चैत । पूर्वी मोरङको पथरीशनिश्चरे–१० जिरिखिम्तीको मोरङ्गी खोला किनारका अधिकांश किसान सीमसागको ब्यावसायिक उत्पादनमा लागेका छन् । मोरङ्गी खोलामा बाह्रैमास पानी बग्छ । सीमसाग खेती गर्दा उल्लेख्य आर्थिक लाभ हुन थालेपछि खोला किनारका किसान ब्यावसायिक रुपमा सीमसागको खेती गर्न थालेका हुन् ।
घर नजिकै बग्ने मोरङ्गी खोलाको थोरै भूगोलमा सीमसागको ब्यावसायिक खेती गर्दा गत वर्ष सो क्षेत्रका किसानले झण्डै ३५ लाख भन्दा बढी रुपियाँ आम्दानी गरे । गाउँमा पहिलो पटक सीमसाग भित्त्राउने हस्तबहादुर दाहालका छोरा राजु दाहालका अनुसार हाल मोरङ्गी र डाँस खोला किनारमा दुई परिवारले साग खेती गरिरहेका छन् । २०३७ सालमा पहिलो पटक धरानबाट बेर्ना ल्याएर हस्तबहादुर दाहालले खेतीगर्न थाल्नु भएको हो । दाहालले भन्नुभयो – बाढी आउन छोडेपछि असोज कात्तिकमा रोपेको सीमसागले ४५ दिन देखि आम्दानी दिन थाल्छ । उहाँले भन्नुभयो– बिरुवाले निरन्तर एकनासले चीसो पानी पाए प्रत्येक ३०÷३०दिनमा उत्पादन लिन मिल्छ ।मोरङ्गी खोलाको राजमार्ग दक्षिण ५किलोमिटर र उत्तर तर्फ २ सय मिटर गरी ५ हजार २ सय मिटर लम्बाई भित्र डेढसय बढी किसानले सीमसागको ब्यावसायिक खेती गर्दै आएका छन् ।त्यस्तै डाँस खोलामा पनि ५० बढी किसानले साग खेती लगाएका छन् ।
राजु दाहालले भन्नुभयो –२०४८ सालमा बुबाले १ लाख ३० हजारको सीमसाग बेच्नु भएछ । सीमसाग बेचेर हस्तबहादुरले बैंकको कर्जा ति¥यो भनेर खुब हल्ला फैलियो । त्यसपछि सीमसागको खेती गर्नेको संख्या ह्वात्तै बढ्यो । ५० साल देखि भने स्थानीयले ब्यावसायिक रुपमा खेती गर्न थालेको दाहाल बताउनु हुन्छ ।यो वर्ष उहाँले ८ कठ्ठामा खेती गर्नु भएको छ । उहाँले भन्नुभयो – खोलामा पानी तातिएन भने अढाई लाखको बिक्री गर्छुहोला । उहाँले हाल सम्म १ लाख ७० हजारको साग बिक्री गरिसक्नु भएको छ ।
उहाँका अनुसार खोलामा स्थानीय किसानहरूले १० धुर देखि ३ कठ्ठा सम्म जग्गा ओगटेर साग रोपेका छन् । एक कठ्ठा जग्गामा एक सिजनमा २० हजार रुपियाँको साग उत्पादन हुने बताउनु हुन्छ अर्का किसान पवित्रा कार्की । कार्कीले भन्नुभयो – खेती सुरु गर्दा २ रुपियाँ मुठा बिक्री हुन्थ्यो । अहिले ५० रुपियाँ मुठा बिक्री भइरहेको छ । अर्का किसान ज्ञानबहादुर दाहाल पनि वार्षिक १५÷२० हजारको साग बेच्नुहुन्छ । उहाँका अनुसार पानी निरन्तर भयो भने,छिटो,छिटो बाली लिन पाइन्छ र आम्दानी अझ बढी हुन्छ । रोप्दा एक पटक मिहीन परिश्रम गरेपछि निरन्तर डुब्ने गरी सिंचाई गरे पुग्ने सीमसाग खेती आम्दानीको राम्रो स्रोत भएको किसानहरू स्वीर्काछन् ।
झापाको शिवसतासी नगरपालिका ७ की ७० वर्षीया मायादेवी चौधरीको त अन्नपानीको जोहो नै सीमसागको ब्यापारबाट हुने गरेको छ । विगत १० वर्ष देखि साग ब्यापारमा लाग्नु भएकी चौधरी सीमसागको ब्यापारबाट एक सिजनमा ६०÷७० हजार रुपियाँ शुद्ध बचत गर्ने बताउनु हुन्छ । उहाँले भन्नुभयो –मेरो सबै खेतीपाती नै यही हो । अर्जुनधारा–५ की ६० वर्षीया दुर्गादेवी चौधरी देबी चौधरी पनि ३ वर्ष यता सीमसागको ब्यापार गर्दै आउनु भएको छ । टाढाबाट आएर ब्यापार गर्दा खासै नाफा लिन नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – गाडी भाडा नै बढी लाग्छ ।
सागको माग काठमाडौं सम्म भएपनि पु¥याउन नसकिएको २० वर्ष ब्यापार गरिरहनु भएकी देवी चौधरी बताउनु हुन्छ । तर,माग अनुसार उत्पादन नहुँदा सागको मूल्य सिजनै पिच्छे बढ्ने गरेको चौधरीले बताउनु भयो ।
किसानहरूले मोरङ्गी खोलाको पानीलाई बाँध बाँधेर एक छोउबाट डोहो¥याएका छन् । सिंचाई पुग्नेगरी थोरै थोरै जग्गा छुट्याएर किसानहरूले आ–आफ्ना साँध सीमाना लगाएर साग रोपेका छन् । पछिल्लो समय ब्यावसायिक बन्दै गएको सीमसागको खेती हाल आएर आसपासका डाँस र सीता खोलामा पनि गरिन थालेको छ ।

प्रकाशित मिति: २०२०-०४-०६ , समय : १९:३२:५३ , ५ वर्ष अगाडि