प्रशान्त निराैला , ११३९ पटक हेरिएको
प्रशान्त निराैला
लेटाङ, १९ चैत । नोबेल कोरोना भाईसरको प्रकोप फैलिरहेको अवस्थालाई मध्यनजर गरि लेटाङ नगरपालिकाले नगरस्तरिय राहत कोष स्थापना गरेको छ । सोमवार बसेको विपत ब्यवस्थापन समितिको बैठकवाट नगरपालकिाले यो निर्णय गरेको हो ।
कोषमा नगरपालिकाका जनप्रतिनिधिहरुको १ महिनाको सेवासुविधा वापतको रकम राहत कोषमा जम्मा गरेका छन् ।
जनप्रतिनिधीहरुको एकमहिनाको सुविधा वापतको रकम जम्मा ६ लाख ९४ हजार रुपैया राहत कोषमा जम्मा गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
कोषमा नगरपालिकाका अधिकृत स्तरका कर्मचारीहरुकोे ५ दिनको तलव र सो भन्दा तल्लो तहका कर्मचारीहरुको ३ दिनको तलब समेत जम्मा गरिने लेटाङ नगरपालिकाका लेखा अधिकृत सुशिल बास्तोलाले जानकारी दिनुभयो ।
महामारीको रुपमा विश्वभर फैलिएको कोभिड १९ को हाल सम्म औषधी पत्ता नलागेको र अहिले यो रोगवाट बच्नका लागि लकडाउन गर्नुपरेको सन्दर्भ जोड्दै नगरप्रमुख राईले विपन्न समुदायलाई रोगले मात्र नभई भोकले समेत मर्नुपर्ने अवस्था आउनसक्ने भन्दै यसको जोहोमा नगरपालिका लागिरहेको वताउनुभयो । यो रोगवाट निम्तिएकाे समस्या समाधानका लागि नगरपालिकाले स्थापना गरेको राहत कोषको नगर स्तरिय राहत कोषको नाममा राष्ट्रिय बाणिज्य बैकको शाखा कार्यालय लेटाङमा खोलिएको बैक खाता नं. २४५००००६७००१ मा ईच्छा अनुसार रकम जम्मा गर्न राजनीतीक दल , समाजसेवि , वुद्दिजिवि तथा आम नगरवासिमा आह्वान गर्नुभएको छ ।
मेयर राईले नगद बैकमा र जिन्सी सामान भए वडा कार्यालयमा बुझाउन सकिने वताउनुभयो । विपतको यो समयमा बच्ने उपाय अपनाउनुनै राम्रो हुने भएकाले सबैले धैर्य गरी बच्नका लागि घरमै सुरक्षित तरिकाले वस्न नगरवासीलाई अनुरोध समेत गर्नुभयो ।
प्रकाशित मिति: २०२०-०४-०१ , समय : १५:४८:१५ , ५ वर्ष अगाडि