Enepal Patra Pvt. Ltd. , ६९३ पटक हेरिएको
काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिन उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौला त्रिबि शिक्षण अस्पताल भर्ना भएकी छिन्।
सोमबार दिउँसो प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि नै उनी भर्ना भएकी हुन्। बालुवाटारस्थित प्रधानमन्त्री निकट स्रोतका अनुसार भान्जी नाता पर्ने उनै समीक्षाको दायाँ मिर्गौला प्रधानमन्त्री ओलाीलाई प्रत्यारोपण गर्ने तयारी छ।
सरकारी नम्बर प्लेटको गाडीमा उनी दुई जना आफन्त र सुरक्षा टोलीसहित अस्पताल आइपुगेकी हुन् ,अस्पतालको गेटमा गाडीबाट झरेपछि उनी सिधै उपचार कक्षतर्फ लागिन।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली सोमबार साँझ शिक्षण अस्पताल भर्ना हुँदैछन्। उनको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ।
प्रकाशित मिति: २०२०-०३-०२ , समय : १७:१७:२४ , ५ वर्ष अगाडि