Enepal Patra Pvt. Ltd. , ४१८ पटक हेरिएको
काठमाडौं,१९ फागून । चीनका लागि नेपालका राजदूत लिलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकले पूर्व मूख्यमन्त्रीसमेत रहेका पौडेललाई फिर्ता बोलाएको हो ।
पौडेललाई १५ दिनभित्र स्वदेश फर्कन निर्देशनसमेत दिइएको छ ।
बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका कारण पौडेललाई फिर्ता बोलाउने निर्णय गरिएको पनि बुझिएको छ ।
सरकारले पौडेलको स्थानमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई नयाँ राजदूतमा सिफारिस गरेको छ ।
ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि पाण्डे राजदूतमा सिफारिस भएका थिए । तर उक्त निर्णय कार्यान्वयन हुनुअघि नै ओलीको सरकार ढलेका कारण पाण्डेले नियुक्ति खान पाएका थिएनन् ।
प्रधानमन्त्री ओली बुधबार हुने मृगौला प्रत्यारोपणका लागि सोमबारदेखि नै अस्पतालमा भर्ना हुँदैछन् ।
प्रकाशित मिति: २०२०-०३-०२ , समय : ०६:३६:०५ , ५ वर्ष अगाडि