उपभोक्ता समितिका पदाधिकारीलाई तालिम

Enepal Patra Pvt. Ltd. , १००१  पटक हेरिएको

लेटाङ १७ फागुन । बैठक ब्यवस्थापन,माईन्युट लेखन ,पालन गर्नुपर्ने आवश्यक कानुनी प्रक्रिया तथा संलग्न गर्नुपर्ने कागाजात तथा विलभरपाई सम्बन्धी तालिम सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको आयोजनामा नगरपालिकाका भरी सञ्चालनमा रहेका योजनाको काम गर्न वनेका उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिईएको हो ।
कार्यक्रमको पहिलो दिन शुक्रवार वडा नं. २ र ३ का उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम दिईएको थियो भने दोस्रो दिन शनिवार वडा नं. ४,५र६ का उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम दिईएको थियो । अन्य बाँकी रहेको ७,८,९ वडामा पनि चाडैनै यो तालिमको आयोजना गरिने योजना शाखा प्रमुख भुपेन्द्र खनालले जानकारी दिनुभयो । प्रक्रिया नबुझेर कार्यसम्पादनमा अप्ठ्यारो देखिएपछि तालिम दिईएको खनालको भनाई छ ।
तालिमका विषयबस्तुलाई लाई तिन भागमा बढिएको र प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दहाल ,लेखा अधिकृत शुशिल वास्तोला र योजना तथा प्रसासन शाखा प्रमुख खनालले तालिममा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरुले योजनाका काम गर्दा आईपर्ने समस्याहरु राखेका थिए भने तिनै समस्याहरुको समाधान सहितका विषयवस्तुलाई समेटेर तालिम सञ्चालन भएको थियो ।
तालिममा १२५ जनाको सहभागिता रहको थियो ।
तालिमको उद्घाटन लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले गर्नुभएको थियो भने समापन लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दहालले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२०-०२-२९ , समय : २१:४७:१९ , ५ वर्ष अगाडि