यस्तो छ मौसम पूर्वानुमान

Enepal Patra Pvt. Ltd. , ७१५  पटक हेरिएको

काठमाडौं २१ माघ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । हाल देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ । दिउँसोतिर खुल्न सक्नेछ ।

मंगलबार देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागका सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

बिहानीपख पनि हिमपात हुन सक्ने मौसमविद् समीर श्रेष्ठले बताएका छन् । दिउँसो पोखरातिर वर्षा हुन सक्नेछ ।

उपत्यकामा न्यूनतम तापक्रम ३।४ डिग्री सेल्सियस रहेको थियो भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहने छ ।

यस्तो छ बुधबार र बिहीबारको पूर्वानुमान

दिउँसोः देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागका सामान्यतया सफा रहने छ।
राति देशका पुर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागका सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

माघ २३ गते ९बिहीबार०
दिउँसोः देशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागका सामान्यतया सफा रहने छ।
रातिः देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागका सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

सम्भावित हिमपात र वर्षाका कारण तापक्रममा आउने गिरावटले चिसोको मात्रा बढाउने हुनाले उक्त स्थानहरुमा रहने सबैलाई चिसोबा बच्ने उपाय अपनाउन हुन अनुरोधसमेत महाशाखाले गरेको छ।

 

प्रकाशित मिति: २०२०-०२-०४ , समय : ०६:५७:१४ , ५ वर्ष अगाडि