Enepal Patra Pvt. Ltd. , ९६३ पटक हेरिएको
विराटनगर ५ माघ । बहुविवाह मुद्दामा अदालतले दोषी ठहर गरेका एक व्यक्तिलाई १७ वर्षपछि पक्राउ गरेको छ । २०५९ सालमा बहुविवाह गरेर फरार बनेका पथरीशनिश्चरे–४ का ४६ वर्षीय रामजी विश्वकर्मालाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको हो ।
तारामाया विश्वकर्मासँग दोस्रो विवाह गरेपछि उनी विरुद्ध जेठी श्रीमतीले बहुविवाह मुद्दा दायर गरेकी थिइन् । फरार सूचीमा राखेर प्रहरीले रामजी र कान्छी श्रीमती तारामायालाई बहुविवाह मुद्दा चलाएको थियो । मोरङ अदालतले २०६३ साल फागुन ३० गते दुवै जनालाई जनही एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
रामजीलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । उनलाई आइतबार अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।रामजीले बहुविवाह गरेर कान्छी श्रीमतीका रुपमा भित्राएकी तारामाया भने अदालतले दोषी ठहर गरेको ९ वर्षपछि पासपोर्ट बनाएर वैदेशिक रोजगारीका लागि दुवई गएका थिए ।
प्रकाशित मिति: २०२०-०१-१९ , समय : १५:४५:०६ , ५ वर्ष अगाडि