ईनेपालपत्र , १३ पटक हेरिएको
विराटनगर, २४ पुस । सार्बजनिक लेखा समितिका सभापति ऋषिकेश पाेखरेलकी पत्नीअञ्जला कोइराला अदालतमा उपस्थित भएकी छिन् ।
सहकारीको रकम हिनामिनाको आरोप लागेकी कोइराला आज अदालतमा उपस्थित भएकी हुन् ।
मोरङको धनपालथान– ४ को उमागौरी कृषि सहकारी संस्थाको २२ करोड रकम अपचलनमा संलग्नताको आरोप उनी माथी छ ।
मोरङ जिल्ला अदालतमा उनी बिहान उपस्थिति भएकी हुन् । लगत्तै जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा आजै बयान हुने गरी पेशी तोकिको समेत जनाइएको छ ।
सहकारी हिनामिना सबन्धी आरोप माथीको उनको बयान सकिएपछि थुनछेक बहस हुने जनाइएको छ। अदालतले गत पुस २ गते उनीबिरूद्द पक्राउ पुर्जी जारी गरे पनि उनी सम्पर्क बाहिर रहेकी थिइन् ।
प्रकाशित मिति: २०२५-०१-०८ , समय : १७:३४:२१ , १ दिन अगाडि