ईनेपालपत्र , २७ पटक हेरिएको
काठमाडौं, २९ मंसिर। चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को जारी दोस्रो खेलमा चितवनले जनकपुरलाइ फराकिलो रनको लक्ष्य दिएको हो ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाउन सफल भएको थियो ।
चितवनका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले शतकीय साझेदारी गरेका छन, जस अनुसार ५५ रनमा ३ विकेट गुमाएको चितवनका मल्ल र बोपाराले तेस्रो विकेटका लागि ११३ रनको साझेदारी गर्न सफल भए । मल्लले ४१ बलमा ३ चौका र ७ छक्कासहित ७२ रन प्रहार गरेका थिए भने बोपाराले ४४ रन जम्मा गर्न सफल भए । चितनवका हसन एइसाखिलले २८, विपिन रावतले ३, सन्तोष कार्कीले १४ र सोहिल तानविरले ५ रन बनाएका थिए ।
बलिङमा जनकपुरका ललित राजवंशीले दुई, हर्ष थोकर, मोहम्मद मोहसिन र जिमी निशमले एक एक विकेट लिएका थिए । यसअघि नै प्ले अफमा सुरक्षित स्थान बनाएको जनकपुरले चितवनलाइ पराजित गर्न सकेमा उसको यो पाँचौ जीत हुनेछ ।
प्रकाशित मिति: २०२४-१२-१४ , समय : १४:५४:१७ , ३ हप्ता अगाडि