ईनेपालपत्र , १४५ पटक हेरिएको
पाँचथर,१९अशाेज । खोलाले बगाएर ल्याएको र सडकमा लडिरहेको अवस्थामा पाँचथरमा शनिबार बिहान २ जना महिला मृत फेला परेका छन् । प्रहरीका अनुसार कुम्मायक गाउँपालिका–३ तमोर नदीको बरुम्जे दोभानमा १ जनाको शव भेटिएको हो ।
नदीले बगाएर ल्याएको अवस्थामा शव भेटिएकी महिलाको पहिचान खुलेको छैन । पहिचानको प्रयास भइरहेको र बाढी एवं पहिरोबाट बेपत्ता भएकाका परिवारलाई खबर गरिसकिएको जानकारी प्रहरीले दिएको छ ।
त्यस्तै, फिदिम नगरपालिका–१२ भोटेगाउँको सडकमा लडिरहेको अवस्थामा १ महिलाको शव भेटिएको छ । फालेलुङ गाँउपालिका–७ की ५५ वर्षीया देवीमाया रिमाल ९तामाङ० मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनी माइती जान्छु भनेर असोज १२ गते घरबाट हिँडेको जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएका छन् । माइती नपुगेपछि उनको खोजी थालिएको थियो । खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-१०-०५ , समय : १८:३४:११ , ३ महिना अगाडि