पोखरामा मोर्डन पेन्टाथलन खेलको दोस्रो लेभल कोचिङ तालिम सम्पन्न

प्रशान्त निरौला , ८६  पटक हेरिएको

पाेखरा, २५ असार ।  गण्डकी प्रदेशमा मोर्डन पेन्टाथलन केन्द्रको आयोजनामा दोस्रो लेभलको कोचिङ तालिम सम्पन्न भएको छ। पोखराको म्याजेस्टिक होटलमा मिति २०८१/०२/१४ देखि १८ गतेसम्म आयोजित यस तालिममा देशभरबाट १९ जना सहभागी थिए।

रसियाका भेदिम चुल्नो भाुस्कीको प्रमुख प्रशिक्षणमा सञ्चालित यस तालिममा प्रथम लेभल पास गरेकाहरू मात्र सहभागी हुन पाउने मोर्डन पेन्टाथलनका महासचिव यादव विष्टले जानकारी दिए।

मोर्डन पेन्टाथलन खेलमा रनिङ, सुटिङ, स्विमिङ, फेन्सिङ र घोडचढी गरी पाँच खेल समावेश छन्। यो खेल ओलम्पिकमा समावेश छ र नेपालले यसमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा स्वर्ण पदक जितिसकेको छ।

तालिमको समापनमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले सहभागीहरूलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र वितरण गरे।

उल्लेखनीय छ, नेपालमा यो खेल २०१५ मा आधिकारिक रूपमा दर्ता भएको थियो। कोशी प्रदेशबाट शान्ति पाख्रिन र रितेश श्रेष्ठले पहिलो पटक कोचिङ पास गरेका छन्।

 शान्ति पाख्रिनको योगदान कोशी प्रदेशको मोरङ जिल्लाको लेटाङकी शान्ति पाख्रिन नेपालमा मोर्डन पेन्टाथलन खेलको क्षेत्रमा अग्रणी खेलाडी र प्रशिक्षक हुन्। उनले २०१८ मा नै प्रथम लेभलको कोच प्रमाणपत्र हासिल गरिसकेकी थिइन्, जसले उनको यस खेलप्रतिको लामो समयदेखिको प्रतिबद्धता र अनुभवलाई देखाउँछ। शान्ति कोशी प्रदेशबाट मोर्डन पेन्टाथलनको कोचिङ पास गर्ने पहिलो व्यक्ति हुन्, जसले उनको अग्रणी भूमिकालाई प्रकाश पार्दछ। उनको यो उपलब्धिले नेपालमा मोर्डन पेन्टाथलन खेलको विकासमा महिलाहरूको योगदान र सहभागितालाई पनि उजागर गर्दछ, साथै कोशी प्रदेशमा यस खेलको विकास र प्रचार-प्रसारमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

प्रकाशित मिति: २०२४-०७-०९ , समय : १३:५७:३६ , ६ महिना अगाडि