प्रशान्त निरौला , १०२ पटक हेरिएको
लेटाङ (मोरङ),१९ असार । लेटाङ नगरपालिकाले २०८१/०८२ आर्थिक वर्षका लागि आन्तरिक आय संकलन ठेक्का १ करोड ३ लाख ५६ हजार ४ सय ५० रुपैयामा लागेको छ।
यस ठेक्कामा लेटाङ-४ को शनिवार हाटबजार, किर्तिमान, बुधवारे र जाँतेको साप्ताहिक हाटबजार, स्थानीय पुर्वाधार शुल्क, निकासी कर, शनिवारे हाटको खुल्ला टहराको विटौरी कर, १५ वटा सटरको भाडा, र शौचालय शुल्क समावेश गरिएको छ।
यो ठेक्का झापा बिर्तामोड-४ स्थित प्रश्ना निर्माण सेवाले प्राप्त गरेको हो। प्रश्ना निर्माण सेवाले सबैभन्दा उच्च बोलकबोल गर्दै १ करोड ३ लाख ५६ हजार ४ सय ५० रुपैयाको ठेक्का पाएको हो।
लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत नारायण न्यौपानले बताए अनुसार, यो ठेक्का स्वीकृत गर्दा आन्तरिक आय संकलन प्रक्रियामा पारदर्शिता र दक्षता सुनिश्चित गर्ने उद्देश्य राखिएको छ। यसैगरी, ठेक्का प्राप्त गर्ने कम्पनीले स्थानीय पुर्वाधार तथा सेवाहरूको सुधार र संधारणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। यहि असार २५ गते पछि प्रकृया पूरा गरेर नगरपालिकामा आएपछी ठेक्का स्वीकृत गरिने न्यौपानेले जानकारी दिए ।
लेटाङ नगरपालिकाले ठेक्कामा समावेश क्षेत्रहरूको व्यवस्थित र नियमित संकलन प्रक्रियालाई प्रभावकारी बनाउनका लागि आवश्यक कदम चाल्न अनुरोध गरेको छ। स्थानीय समुदायलाई पनि यस प्रक्रियामा सहकार्य र सहयोग गर्न आग्रह गरिएको छ।
यो निर्णयले लेटाङ नगरपालिकाको आर्थिक संकलनमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०२४-०७-०३ , समय : १२:५६:२४ , ६ महिना अगाडि