ईनेपालपत्र संबाददाता , १३१ पटक हेरिएको
काठमाडौं, १६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुनेछ।
यो मूल्यवृद्धिपछि काठमाडौं, पोखरा, र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ पुगेको छ भने डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ पुगेको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी, र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६४ रुपैयाँ र डिजल तथा मट्टितेल १५२ रुपैयाँ पर्नेछ। सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १५६ रुपैयाँ पुगेको छ।
हवाइ इन्धन र एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन। मूल्यवृद्धिको कारणले उपभोक्ताहरूमा अतिरिक्त आर्थिक भार पर्ने देखिएको छ। निगमले मूल्य समायोजनको पछाडि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतार-चढ़ावलाई कारण बताएको छ।
प्रकाशित मिति: २०२४-०६-३० , समय : २२:१२:०० , ६ महिना अगाडि