मोरङको लेटाङ नगरपालिकामा कमजोर संरचना निर्माणका कारण बिधुत अवरुद्ध: जनता आजित

ईनेपालपत्र संबाददाता , ८८  पटक हेरिएको

मोरङ,१२ असार । मोरङ जिल्लाको लेटाङ नगरपालिका र यस आसपासको क्षेत्रका जनताले कमजोर संरचना निर्माणका कारण सधैंजसो बिद्युत आपूर्ति अवरुद्ध हुने समस्याको सामना गर्दै आएका छन्। केही मौसम खराब हुँदा पनि यहाँको विद्युत आपूर्ति अवरुद्ध हुने गरेकोले स्थानीय बासिन्दाहरु अत्यन्तै आजित भएका छन्।

लेटाङ नगरपालिकाका धेरै क्षेत्रमा विद्युत आपूर्ति प्रणालीको मर्मत तथा संभारमा कमी भएको कारण वर्षायाममा हल्का हुरी बतास र पानी पर्दा पनि बिजुली जाने समस्या सिर्जना भएको छ। विद्युतका खम्बाहरु पुराना र कमजोर भएका कारण हावाहुरीको झोक्काले ढल्ने र तारहरु चुडिने घटना सामान्य भइसकेको छ। यसबाट स्थानीय बासिन्दाहरुले दैनिक जीवनयापनमा धेरै कठिनाइ झेल्नुपरेको छ।

स्थानीय व्यापारीहरुले यस समस्याले गर्दा व्यापार व्यवसायमा ठूलो असर परेको गुनासो गरेका छन्। विद्युत नभएर फ्रीज, कम्प्युटर, र अन्य विद्युतीय उपकरणहरु चलाउन नसक्दा व्यापारमा प्रत्यक्ष असर परेको छ। यस्तै, विद्यार्थीहरुले पनि अनलाइन कक्षा र अध्ययनमा अवरोध भएको गुनासो गरेका छन्।

स्थानिय बासिन्दाले यो समस्या समाधानका लागि माग गरेका छन । बासिन्दाहरुको माग छिटो सुनुवाइ नहुने हो भने उनीहरु संघीय सरकार तथा विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउन सामूहिक आन्दोलनमा जान समेत तयार रहेका छन्। “हामीले हाम्रा समस्या समाधानका लागि धेरै पटक गुनासो गरिसकेका छौं, तर अझैसम्म ठोस परिणाम देखिएका छैनन्,” एक स्थानिय नेताले बताए।

मोरङको लेटाङ नगरपालिका र यस क्षेत्रका बासिन्दाहरुले अब यस समस्याको दिगो समाधानको अपेक्षा राखेका छन्। विद्युत आपूर्तिको नियमितता नहुँदा भएको असुविधा र समस्यालाई सम्बोधन गर्दै, दिगो विकासका लागि आवश्यक संरचना सुधार कार्य चाँडै सम्पन्न होस् भन्ने सबैको माग छ।

प्रकाशित मिति: २०२४-०६-२६ , समय : ०८:०२:४८ , ६ महिना अगाडि