ईनेपालपत्र संबाददाता , १९४ पटक हेरिएको
दिपेश रोक्का
काठमान्डौ, २ जेष्ठ ।चलचित्र “रामायाण” को छायांकनको क्रम अभिनेता पल शाह घाइते भएका छन । चलचित्रको एक्सन सिन सुटिङ गर्दा उनको हातमा गम्बिर चोट लागेको हो । सामाजिक सञ्चालमा उनले भिडियो सार्वाजनिक गर्दै उनले यस बारे जानकारी दिएका हुन ।
उनले सार्वाजनिक गरेको भिडियोमा स्थानिय स्वाथ्य केन्द्रमा उनको हातको उपचार भैरहेको देख्न सकिन्छ ।स्वाथयकर्मीले उनको हातमा टाका लगाइरहेको देख्न सकिन्छ ।’रावायणको छायांकनको सेटमा सामान्य घाइते ‘ नायक पल शाहले लेखेका छन ।
चलचित्र रावायणको यती बेला सर्लाही को लालबन्धिको जगल क्षेत्रमा यो फिल्मको एक्सन दृश्यको छायाकन भैरहेको छ । फिल्ममा पल शाह र पुजा शर्मा शिर्ष भूमिकामा रहेको छ ।
प्रकाशित मिति: २०२४-०५-१५ , समय : १८:३४:२१ , ८ महिना अगाडि