ग्रीन भ्यालीको २८ औ बार्षिक उत्सव सम्पन्न

ईनेपालपत्र संबाददाता , १८९  पटक हेरिएको

लेटाङ, १८ फागुन । विभिन्न शैक्षिक कार्यक्रम गर्दे लेटाङ ग्रीन भ्याली एकेडेमीले आफ्नो २८ औ बार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न गरेको छ ।
आज विद्यालयको प्राङगणमा आयोजित कार्यक्रममा विद्यालयले अहिले सम्म गरेको सफलता प्रस्तुत गरिनुका साथै शिक्षा क्षेत्रमा ग्रीन भ्यालीले गरेको योगदान र विभिन्न खेलकुद विधामा विद्यालयले गरेका उपलव्धीहरु प्रस्तुत गरिएको थियो ।

२०५२ सालमा स्थानिय बुद्धिजिवि थामसिङ राईको पहलमा स्थापित उक्त विद्यालयले निजी क्षेत्रवाट शिक्षामा महत्वपुर्ण योगदान दिईरहेको छ । विद्यालयले २८ औ स्थापना दिवश मनाईरहदा विद्यालयले भयरहित सिकाई पद्धतीलाई पुर्ण पालना गरेको वताएको छ । मन्टेश्वरी देखि कक्षा १२ सम्म अध्यापन हुने लेटाङको एम मात्र निजी विद्यालयका रुपमा रहेको उक्त विद्यालयमा अध्ययनरत २०६२ साल देखि हाल सम्म ६८५ जना विद्यार्थीलाई एसएलसी÷एसईई उत्तीर्ण गरिसकेका छन् । कमजोर विद्यार्थीहरुलाई अतिरिक्त कक्षा समेत संचालन गरिरहेको विद्यालयलेृ १० प्रतिशत विद्यार्थीहरुलाई छात्र बृतिमा पढाईरहेको छ ।
विद्यालयले लेटाङ प्याव्सन मिट २०७९ मा सर्वाधिक खेल जित्ने विद्यालयको रुपमा रेकर्ड समेत राखेको छ । जिल्ला स्तरिय प्याव्सन मिट २०७९ मा दौडमा प्रथम महिला भलिवलमा प्रथम भएर आफुलाई अव्वल दर्जामा राखेको छ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा ३ स्वर्ण सहित खेल जित्ने दोस्रो विद्यालयको रुपमा समेत आफ्नो परिचय वनाएको छ ।
गायन,नृत्य र खेलकुदमा समेत अव्वलता देखाईरहेको विद्यालयले उत्कृष्ट नतिजाले अभिभावकहरुको समेत रुचिको विद्यालय बनेको छ ।
नीति नै बनाएर विद्यालयले विद्यार्थीको सर्वाङगीण विकासका लागि काम गर्ने योजना बनाएको छ । शिक्षकहरुको पेशागत क्षमता विकासमा समेत विशेष ध्यान दिने योजना अघि सारेको छ ।

प्रकाशित मिति: २०२४-०३-०१ , समय : २१:५९:३४ , १० महिना अगाडि