इनेपालपत्र , २१० पटक हेरिएको

लेटाङ, १३ माघ । किराँत हाङसाम माङ्हिम ब्यवस्थापन तथा संरक्षण समितिको चौथो वार्षिक साधारण सभा र महागुरु फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको सातौ साधारण सभा सम्पन्न भएको छ । आज लेटाङ ४ किराँत माङहिमको परिषरमा भएको कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, भावि कार्ययोजना प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित सदस्यहरुले प्रतिवेदन तथा भावि योजनालाई सर्बसम्मतीले पारित गरेका थिए ।
त्यस्तै कार्यक्रममा विशिष्ट तथा आजिवन सदस्यता लिएका १११ जना ब्यक्तिहरुलाई पहिलो चरणको आजिवन सदस्यता वितरण गरिएको थियो । आजिवन सदस्यता वाट संकलन भएको रकमलाई दिगो आर्थिक ब्यवस्थापन गर्ने लक्ष्य अनुरुप अक्षय कोष निमार्ण गर्ने गरि ब्यवस्थापन गरिएको संस्थाका सचिव आकाश लङवाले जानकारी दिनुभयो । हाल अक्षयकोषमा ४ लाख भन्दा बढि रहेको र यो रकम यहि आर्थिक बर्ष भित्रमा १० लाख पुर्याउने र भविष्यमा १ करोडको अक्षयकोष खडा गर्ने लक्ष्य लिईएको उहाँले बताउनुभयो ।
त्यसै गरि फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले सभामा प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, प्रगती प्रतिवेदन पारित गरेको छ । संस्थाले १४ लाख २३ हजारको आयव्यय प्रस्तुत गरेको थियो ।
कार्यक्रम लेटाङ क्याम्पसका पुर्व प्रमुख विरेन्द्र कुमार वनेमको प्रमुख आतिथ्यता, सव डिभिजन बन कार्यालय सलकपुरका नायव सुव्वा भिम सिंघकको विशिष्ठ आतिथ्यतामा भएको थियो । संस्थाका अध्यक्ष वालकुमार लिम्बुको अध्यक्षता भएको कार्यक्रम संस्थका सचिव आकाश लङवाले संचालन गर्नुभएको थियो
प्रकाशित मिति: २०२४-०१-२७ , समय : १८:२७:११ , १ वर्ष अगाडि