इनेपालपत्र , २२० पटक हेरिएको
लेटाङ, १३ माघ । नक्कली बिरामिको नाममा सहयोग रकम उठाउदै हिड्ने २ युवती लेटाङमा पक्राउ परेका छन । शनिवार लेटाङ बजारमा बिरामिको उपचारका लागि भन्दै रकम उठाउने अन्दाजी २० बर्षिय २ युवतिलाई लेटाङ ईलाका प्रहरीले पक्राउ गरेको हो ।
नाम नबताउने सर्तमा मोरङ्गको पथरी घर बताउने ती दुबै महिलालाई अर्को दोस्रो ब्यक्तिले आफ्नो आमाको गम्भीर रोगका कारण उपचारमा बढी खर्च लाग्ने भन्दै सहयोग रकम उठाउन पठाएको बताए।
उनिहरुका अनुसार ती ब्यक्ती मगर थरको रहेको र उनले यसैगरी अन्य ब्यक्तिहरु पनि विभिन्न ठाउमा सहयोग रकम उठाउन पठाएको हुनसक्ने बताए। लेटाङ ईलाका प्रहरीका ईन्स्पेक्टर भिम लाल ओलिले अपराधीक गिरोह द्वारा ती युवतीहरु परिचालित भएको हुन सक्ने बताए ।सहयोगका नाममा उठाईने रकमको श्रोत पहिचान गर्न र सतर्क रहन आग्रह समेत गर्नुभएको छ। भने सहयोग रकम उठाउन पठाउने ब्यक्तिको पनि खोजी हुने बताए। यसरी रकम उठाउनेलाई शंका लागे प्रहरीलाई खबर गर्न समेत प्रहरीले आग्रह गरेको छ ।
पक्राउ गरिएको ती युवतिलाई अनुसन्धान पछी आइन्दा यस्ता काममा नलाग्ने सर्त सहित आफन्तको जिम्मा लगाईएको छ।
प्रकाशित मिति: २०२४-०१-२७ , समय : १७:४६:२० , ११ महिना अगाडि