ख्रीष्टमसका अवशरमा शुभकामना आदनप्रदान

प्रशान्त निरौला , १६७  पटक हेरिएको

काठमाडौं, ४ पुस । ख्रीष्टमस’ को पुर्व सन्ध्यामा आज ईसाइ एकता समाज लेटाङ नगर समिती द्वारा प्रार्थना लगायतका कार्यक्रम गरी शुभकामना आदनप्रदान गर्दै यशु ख्रीष्टको सम्झना गरेको छ । क्रिसमस डेका अवशरमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गरिएको हो । लेटाङमा रहेका ३२ वटा चर्जबाट आएका करिब १५ सय ईशाइ धर्मावलम्बीको उपस्थितिमा यो कार्यक्रम गरिएको कार्यक्रम संयोजक दहशेर राईले जानकारी दिनुभयो ।

महासंघको अगुवाईमा लेटाङ नगर र्याली सहित परिक्रमा समेत गरेका थिए । लेटाङ ३ को बिरन स्कुल बाट लेटाङ ६ मा रहेको ईशाइ महासंघको कार्यलय प्राङण सम्म र्याली गरिएको हो ।

लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावती, उपप्रमुख कृष्ण कुमारी निरौला, पुर्व नगरप्रमुख शंकर राई, वडा अध्यक्षहरु क्रमश वडा नं३ डम्बर राई, वडा नं४ राम श्रेष्ठ , वडा नं. ५ भुम मगर लगायतको आतिथ्यतामा महासंघले कृशमसको अवशरमा शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो ।
विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे पर्व लाई सप्ताहा ब्यापी रुपमा विभिन्न धार्मिक तथा प्रबचनात्मक कार्यक्रम गरि मनाउँछन ।

हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउछन ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको जानकारहरु बताउछन ।

प्रकाशित मिति: २०२३-१२-२४ , समय : १६:२६:२२ , १ वर्ष अगाडि