उर्लाबारी आगलागी घटना: काठमान्डौमा उपचाररत यादबको निधन, मृतको सङ्ख्या ५ पुग्यो

इनेपालपत्र , २४९  पटक हेरिएको

उर्लाबारी, १२ मसिर। उर्लाबारी आगलागि घटनामा परि घाईते भएका राम नरेश मरिता (यादव ) को उपचारका क्रममा निधन भएको छ ।
काठमान्डौको कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उर्लाबारी-७ का ४३ वर्षिय यादबको उपचारको क्रममा निधन भएको ईलाका  प्रहरी कार्यालय  उर्लाबारीले जनाएको छ ।
अस्पतालको आईसियू कक्षमा उपचाररत यादबको सोमबार राति ११ बजे निधन भएको मैथलि समाज सेवा समितिका अध्यक्ष पवन चौधरिले बताउनु भयो मरिताको अनुहार,घाँटि,ढाड, दुबै हात,दुबै खुट्टामा गरि यादबको १४% जलन रहेको थियो ।
गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानिय दिपक कार्कीको सुन पसलमा अचानक आगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । घाईते मध्ये हाल सो अस्पतालमा २० जना घाईतेहरु उचाररत रहेको इलाका प्रहरी कार्यालय उर्लाबारी का प्रहरी निरीक्षक देबेन्द्र दासले बताए ।
जसमध्ये आईसियू कक्षमा ३ जना   उपचाररत रहेको बताईएको छ । यस अघि उपचाररत तपन पण्डित, कुमार दहाल ( दिपक) र कुमार तामाङ र घरधनि रुकुम बहादुर कार्कि गरि ४ जनाको  मृत्यु भएको थियो ।

प्रकाशित मिति: २०२३-११-२८ , समय : ०७:०५:१६ , १ वर्ष अगाडि