उर्लाबारी आगलागी घटना : घरधनी कार्कीको मृत्यु, मृत्यु हुनेको संख्या ४ पुग्यो

पुर्बी कमान्ड , २१८  पटक हेरिएको

उर्लाबारी, १० मंसिर । मोरङको उर्लाबारी आगलागी घटनाका अर्का एक घाइतेको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका वडा नम्बर ७ का ६८ वर्षीय रुकुम बहादुर कार्कीको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ ।

काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचाररत कार्कीको शरीरको करिब ४० प्रतिशत भाग जलेको थियो । योसँगै उक्त घटनामा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । गत मंगलबार बिहान उपचारको क्रममा उर्लाबारीका ४३ वर्षीय तपन पण्डित मृत्यु भएको थियो । उहाँको शरीरको ६० प्रतिशत भागमा जलन भएको थियो । त्यस्तै, उर्लाबारीकै ५० वर्षीय हेमकुमार दाहालको पनि बिहीबार बिहान मृत्यु भएको थियो । उहाँको शरीरको ५० प्रतिशत भाग जलेको थियो । अर्का घाइते ५० वर्षीय कुमार तामाङको पनि बिहीबार बिहान मृत्यु भएको थियो । तामाङको शरीरको ६५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । गत कार्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चारजना प्रहरीसहित २७ जना घाइते भएका थिए ।
उर्लाबारी ७ बस्ने बर्ष ६८ को रुकुम बहादुर कार्कीको अनुहार,घाँटि,ढाड, दुबै हात,दुबै खुट्टामा ४०% जलेको आईसियुमा उपचार भईरहेकोमा मंसिर ९ गते बिहान ५ बजे उपचारको क्रममा सोहि अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित मिति: २०२३-११-२६ , समय : ०६:३५:०५ , १ वर्ष अगाडि