राजारानीको माटो जिरिखिम्तीमा ,युवाहरु द्धारा विरोध

हाम्रो समाचारदाता , १९१  पटक हेरिएको

लेटाङ १०, अशोज । मोरङको लेटाङ नगरपालिका वडा नं. १ को लोखरा देखि राजारानी सम्म करिव ५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सुरु गर्ने वहानामा सडक बनाउदा निस्केको मुल्यवान माटो कानेपोखीको जिरिखिम्तीमा लगेर स्टोक गर्ने गरिएको पाईएको छ ।

लेटाङको उक्त सम्पतीलाई निर्माण ब्यवसायीले सित्तैमा लगेर जिरिखिम्तीमा स्टोक गरेता पनि लेटाङ नगरपालिका भने दोधारमा परेको छ । लेटाङ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष विष्णु मगरका अनुसार सडक निर्माणका क्रममा स्थानिय ठाँउमा माटो व्यस्थापन गर्न कठिन भएकाले बाहिर लानुपर्ने अवस्था रहेको तर त्यसरी माटो लागिदा कानुनी ब्यवस्थाका वारेमा अनविज्ञता रहेको बताउनुभयो ।

माटोको ब्यवस्थापनका विषयमा आफुहरुलाई जानकारी नभएको लेटाङ नगरपालिकाका प्रमुख प्रंसासकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिनुभयो । आफुहरुले निर्माण ब्यवसायी र प्रदेश सरकारको सम्झौता मगाएको भएता पनि अहिले सम्म आफुलाई नआएको बताउनुभयो ।

उक्त सडक प्रदेश सरकारले ठेक्का बन्दोवस्तमा निर्माण भईरहेकाले नगरपालिकामा ठेकेदार कम्पनी आउन नपर्ने भन्दै धेरै कुरा थाहा नहुने बताउनुभयो । उहाँले प्रदेश वा संघिय सरकार वा अन्य निकाय वाट नगरपालिकामा निर्माण हुने संरचनामा स्थानिय सरकारलाई समेत अधिकार दिनुपर्ने नितिको आवश्यकता रहेको औल्याउनुभयो ।
यता लेटाङका स्थानिय युवाहरुले भने लेटाङको सम्पतीलाई लेटाङमै नगरपालिकाले ब्यवस्थापन गर्नुपर्ने बताउछन् । लेटाङको श्रोतहरु लेटाङ बाहिर जादा पनि नगरपालिकले बेवास्ता गरेको युवाहरु बताउँछन् । केही युवाहरुले नगरपालिकामा यस विषयमा ध्यान केन्द्रीत समेत गरिरहेका छन् ।

प्रकाशित मिति: २०२३-०९-२७ , समय : १०:२७:३६ , १ वर्ष अगाडि