राजारानी सडक नबन्दा जनतालाइ सास्ती, भिम पौडेलले गरे अटेर

रबिन श्रेष्ठ , २४१  पटक हेरिएको

लेटाङ, १३ भदौ । लोखरा राजारानी सडक समयमा नवन्दा जनतालाई सास्ती भएको भएको छ । लेटाङ १ लोखरा देखि पर्यटकीय क्षेत्र राजारानीमा पर्ने उक्त सडकको निर्माणको जिम्मा कालिका कन्स्ट्रक्सनले पाएको हो । एघार करोड बत्तिस लाख दुईहजार पाँच सय एकासी रुपैयामा निर्माण सम्पन्न गर्ने गरि निर्माणको जिम्मा लिएको कम्पनीले साठी लाख भुक्तानी लिईसकेको छ । आव २०७९÷०८०मा ठेक्का लागेको उक्त सडक ५ किलोमिटर ७ सय मिटरको लम्वाई रहेको छ ।
सडकको अवस्था आधा खोस्रेर अर्धकल्चो पारेपछि हाल उक्त सडकमा कुनै पनि सवारी साधन चल्न सक्दैनन् । विरामीका लागि एम्बुलेन्स समेत नचल्ने भएपछि स्टेचरमा बोकेर लोखरा सम्म ल्याएपछि मात्र बल्ल एम्बुलेन्स आउने अवस्था छ । दैनिक रुपमा विद्यालय आउनुपर्ने विद्यार्थीहरु ३ घण्टा सम्म हिडेरै विद्यालय आउनुपर्ने वाद्यता सडकको कारणले सृजना भएको छ ।
कालिका कन्स्ट्रक्सनले सडक बनाउनका लागि भिम पौडेललाई दिएको जानकारहरु वताउछन् । पौडेलले निर्माणको जिम्मा लिएका अधिकांस योजनाहरु समयमा निर्माण हुन सकेका छैनन् । कालेबुदुली सडकको निर्माण समेत भिम पौडेलले नै पेटी ठेक्काको रुपमा लिएका छन् जुन हाल सम्म सुरुवात सम्म हुन सकेको छैन । पथरी जाँते ज्यामिरे सडक निर्माणको जिम्मा समेत पौडेलले नै निर्माणको जिम्मा लिएका छन् । उनले जिम्मा लिएको सवै योजनाहरु पुर्ण हुन सकेका छैनन् ।
नगरपालिका र सडक विभाग सहितको बैठक नै बसेर ब्यवसायी पौडेललाई ताकेता गर्दा समेत राजनीतिक संरक्षणको आडमा अटेर गर्दै काममा ढिलासुस्ती भईरहेको स्यंम जनप्रतिनिधीहरुले बताएका छन् । उनले नगरपालिका संग १ महिना भित्र आफुले पाएको निर्माणको जिम्मा सम्पन्न गर्ने बताएपनि अहिले सम्म सडकको अवस्था जिर्ण छ ।
पौडेलले निर्माण गरेका सडक गुणस्तरिय नभएको समेत स्थानियले गुनासो गरेका छन् । लेटाङ नगरपालिका ९ मा पर्ने बुढ्यौली चौक उत्तर दक्षिण तर्फको कालोपत्रे गरेको सडकमा झार पलाएको थियो ।

प्रकाशित मिति: २०२३-०८-३० , समय : १९:११:५६ , १ वर्ष अगाडि